“जरूरी था के हम दोनों
तवाफ़-ए-आरजू करते
“मगर फिर आरजुओं का
बिखरना भी जरूरी था
तेरी आँखों के दरिया का
उतरना भी जरूरी था”
सन २०१४ मा राहत फ़तह अली ख़ानले जरुरि था "लफ्ज़ कितने ही तेरे पैरो से लिपटे होंगे तूने जब आखरी" गाए देखि सम्भवत "बिखरने अथवा बिखरना " शब्द सबैभन्दा धेरै प्रयोगमा आएको २०२२ को अन्त्य र चलिरहेको यो २०२३ मा हो। मैले यो गीतको केहि लामो भाग साभार गरे किनकि बिखरने / बिखरना शब्दले केहि पुरानो छाप छोडेको छ। तवाफ़ले काबा / इस्लामको महत्वपूर्ण हज तीर्थयात्राको सात पटक परिक्रमा गर्ने परम्परालाई जनाउछ भने आरजुले इच्छा, कामना, अभिलाषालाई जनाउदछ । दरिया यो गितमा एउटा रुपक हो पिडाको अश्रुधारा हो नदी हो।
यो लेख लेख्दासम्म १३ मिलियनले हेरेको "बिखरने का मुझको शौक़ है बड़ा" विशेष गरी जेन जेड र अल्फा जेन माझ लोकप्रिय छ , टिकटक बनाउन , फेसबुक रिल बनाउन होस् अथवा होटल रेस्टुरेण्टहरुमा होस् यो गित प्रयोग आइरहेको देखिन्छ। कला एक नेटफ्लिक्स हिन्दी चलचित्र हो , जसको निर्देशन अन्विता दत्तले गरेकी छन् मुख्य भूमिकामा नायिका तृप्ति डिमरी अर्थात कला छिन। यहा चर्चा गर्न लागिएको गित छ शौक ! कलाका सबै गीतमध्ये सबैभन्दा बढी रुचाइएको यो गीतको दृश्य रातको समयमा एउटा नदीमा खिचिएको छ । नदीको मझधारमा डुङ्गा बहेको छ । डुङ्गामा कला , उनीकी आमा , जगन र सान्याल साहेब छन्। शौक गित कलामाथि गरिएको उपेक्षा र कलाको आफै भित्रको आन्तरिक द्वन्द्वको एक शिखर बन्दछ आफैँमा एक मेटाफ़ोर हुन् पुग्दछ। डुङ्गामा जब सान्यालले यो गीत गाउन थाल्छन् जुन सान्यालको नै सिर्जना हो जगनले सान्यालसँगै गाउन थाल्छन तर जब कलाले गाउन थाल्छिन तब आमाले रोक्छिन जसले कलालाई आमाले उनीप्रति गरेको उपेक्षा र घृणा देखाउँछ। तपाइँले गित हेर्नु भएको छैन भने पनि अथवा हेर्नु भएको छ भने पनि पुन: सम्झिन यहाँ ( https://youtu.be/cJZKEklZhdM ) क्लिक गरेर पहिला गित हेर्नु होला।
“बिखरने का मुझको शौक़ है बड़ा
समेटेगा मुझको तू बता ज़रा”
नेपाली भावानुवाद -
"छिन्न -भिन्न भएर बर्बाद हुने शोक छ
प्रिय , के तिमि मलाई समाल्छौ? "
यो गीतको सुरुवाती अथवा मुखड़ा/स्थायी शब्दहरुले डुङ्गामा बसेका उर्मिला , सान्याल ,जगन र कला सबैको शौकको प्रतिविम्ब हो सबैको दु:खको आफ्नै कहानी छ र सबैको अन्त्य पनि दारुण छ। यहाँ अनुवाद र कलाको नजरमा गीतको व्याख्या गर्ने कोशिस गरिनेछ। यो सान्याल साहेबले गाउन सुरु गरेपनि ‘कला’को जीवनको रुपक बन्दछ जो आफ्नो आत्म सामानको लागि , संसारमा आफ्नो ठाउँ बनाउनको लागि तड्पीरहेकी छन् सबैभन्दा महत्वपुर्ण उनि आफ्नो आमाले आफुलाई मान्यता नदिएकोमा तड्पिरहेकि छिन र यो कलाले आमालाई गरेको अनुरोध पनि हो म टुट्दैछु म छिन्न -भिन्न हुदैछु मलाई समाल भनेर गरेको। यो सुरुवाती अनुच्छेदको अर्को पाटो पनि छ सान्याल र उर्मिला मन्जुश्रीको रिलेसन अर्थात सम्बन्ध , यो चलचित्र यदि धेरै कलामय र रुपक (मेटाफोरिकल) छकि कुनै एउटा दृष्टिकोण बाट मात्रै यसको व्याख्या वा विश्लेषण पूर्ण हुदैन ।
“डूबती है तुझमें आज मेरी कश्ती
गुफ़्तगू में उतरी बात”-कला
“हो, डूबती है तुझमें आज मेरी कश्ती
गुफ़्तगू में उतरी बात की तरह”-
नेपाली भावानुवाद -
“आज मेरो डुङ्गा तिम्रो समुन्द्रमा डुब्दैछ
जसरी स-सानो कुराकानीले गहिराईमा पुराउदैछ ।”
कलाले गाउन थाले पछाडि बिचमा उनकी आमाले रोक्छिन र जगनलाई गायन जारि राख्न भन्छिन यो पल अत्यन्तै पीडादायक र प्रतीकात्मक छ किनकि उर्मिला मन्जुश्रीले कला जन्मिदा देखिने अशुभ मानेको थिइन् उनी कलालाई हैन जगनलाई अगाडि बढाउन चाहान्छिन। कलाले जतिसुकै गर्न खोजेपनि जे गरेपनि उर्मिला खुसि थिइनन कलालाई संगीत सिक्न दबाब चाहि दिन्थिन तर जगनमा आफ्नो छोराको प्रतिरुप देख्ने गर्थिन र कला प्रति भएको थोरै ध्यान पनि उर्मिलाको धर्मपुत्र जगन प्रति गएको थियो। "गुफ़्तगू में उतरी बात" मा पुगेर कला लाई गाउन रोक्छिन वास्तबमा बातमा पुगेर रोकिनु पनि अत्यन्तै प्रतीकात्मक छ , कला यहा पुरा गर्न नपाएको बात हुन् , गाउन नपाएको गित हुन् नसुनिएकि संगीत हुन्।कला लाई रोकेर जगन लाई गाउन भनेपछाडी जब जगनले यो पंक्ति पूरा गर्छन्, उर्मिला मन्त्रमुग्ध हुदै यसको आनन्द लिन जारी राख्छिन्। उर्मिला बसेको ठाउ बाट उठ्छिन र सान्याल साहबलाई कुनै पनि हालतमा जगनलाई मौका दिन मनाउने उद्देश्यले फ्लर्ट गर्छिन् जगन आफैले कलालाई भनेका छन् उर्मिला जगन लाई मौका दिलाउन सबै गर्दैछिन। यो पंक्तिमा डुङ्गामा भएका सबै पात्रको मनोदशा पनि व्यक्त गर्दछ सबै कुनै न कुनै रुपमा अल्झनमा छन्।
“हो, देख के तुझे ही रात की हवा ने
साँस थाम ली है हाथ की तरह”
हाय, कि आँखों में तेरी रात की नदी
ये बाज़ी तो हारी है १०० फ़ीसदी
नेपाली भावानुवाद -
“ हो , रातको हावाले तिमीलाई देखेर
श्वास समालेको छ हात जस्तैगरी
हो,रातको नदि छ तिम्रो त्यो नयनमा
यो बाजी त् हारियो तिम्रो चयनमा “
नेपालीमा "थाम्नु" "थाम" "थेग" शब्द प्रयोग भएपनि "साँस थाम ली है हाथ की तरह" लाइ मैले श्वास समालेको छ हात जसरी भनेर अनुवाद गरे किनकि नेपालीमा एकले अर्काको हात समालेको भन्ने चलन छ थामेको भनिदैन। यो मेटाफ़ोर तिन वटा ठाउमा प्रयोग हुनसक्छ एक "कला " चलचित्रलाई अलग राखेर , अर्को कला चलचित्रको कला पात्रको लागि र अर्को भनेको सान्याल साहेब र उर्मिलाको रोमान्सको , आँखामा रातको नदी भन्नाले "कला " भित्रको अन्तर्द्धन्दलाई देखाउदछ , उनलाई गाउन रोके पछाडिको पलमा उनी झनै निराश देखिन्छिन।
“हो, उठ गए क़दम तो आँख झुक रही है
जैसे कोई गहरी बात हो यहाँ
हो, खो रहे हैं दोनों एक-दूसरे में
जैसे सर्दियों की शाम में धुआँ”
नेपाली भावानुवाद -
“तिमि तिर आउँदै गर्दा नजर झुकी रहेछन्
कुनै गहिरो रहस्य छुपाए त्यसरी
हो, दुवै एक अर्कामा डुबि रहेछन्
हिउँदको साँझमा कुहिरोले धुवाँ लुकाए जसरी “
यहाँ कलाको लागि उठेको कदम उनको आमासम्म हुन् खोजेको निकटता हो र उनले आमा बाट नपाएको कदर वा स्थान छोडेर आफ्नै स्थान बनाउन गरेको संकल्प पनि हो। अर्को तर्फ सान्याल साहेब र उर्मिको रोमान्स पनि यहाँ रुपकको रुपमा प्रयोग भएको छ।
“हाय, ये पानी भी तेरा आईना हुआ
सितारों में तुझको है गिना हुआ”
नेपाली भावानुवाद -
"हे यो पानी पनि तिम्रो ऐना भयो
ताराहरूमा तिम्रो गणना भयो।"
गित सबैभन्दा सुन्दर र काव्यात्मक मोडमा यहाँ आइपुगेको छ पानीलाई ऐनाको रुपमा प्रस्तुत गरिएको छ सीतारामा गनेको भनिएको छ र जगन र कला दुबै को तारा/ स्टार हुने सपनाको प्रतिविम्ब पनि हो भने अर्को तर्फ सान्याल आफैँ स्टार हुन्।
बिखरने का मुझको शौक़ है बड़ा
समेटेगा मुझको तू बता ज़रा, ज़रा
र अन्तिमको स्थायी अन्त्य कलाको अन्तिम अनुरोध बन्दछ म बिग्रदै छु मलाइ समाल भन्ने ,डुङ्गामा बसेका सबै पात्रहरुको मनोदशा नै यो गीतको मुखडा बनेको छ।