सन्दीप लामिछाने प्रकरण : पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन काठमाडौं अदालतको आदेश

<span class='c1'>सन्दीप लामिछाने प्रकरण : पीडितको स्वास्थ्य परीक्षण</span> <span class='c2'>गर्ने चिकित्सक झिकाउन काठमाडौं अदालतको आदेश</span>

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण मुख्य चिकित्सक नभई सहायक चिकित्सकले चेकजाँच गरेको खुलासा भएको छ ।

पीडितको स्वास्थ्य परीक्षण सहायक चिकित्सकले गरेको बकपत्र खुलेपछि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई नै झिकाउनू’भनी आदेश दिएको हो ।

गौशाला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको ठाउँमा अर्को चिकित्सक आएर साक्षी बकपत्र गरेको भेटिएको थाहा भएपछि इजलासले सम्बन्धित चिकित्सक नै बोलाएर बकपत्र गराउनु भन्ने आदेश जारी गरेको छ ।

अदालतले सरकारी साक्षीहरु साहब आलम र अनिष श्रेष्ठलाई समेत झिकाउन आदेश दिएको छ । साथै, आलमको बकपत्र लिन छुटेको भन्दै न्यायाधीशले उनलाई पनि अदालतमा उपस्थित गराउन भनेका छन् ।

सर्वोच्च अदालतले क्रिकेटर लामिछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दामा धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदरसहित झन् खुकुलो बनाइदिएको थियो । उच्च अदातलले उनलाई विदेश जान लगाएको रोक सर्वोच्चले फुकुवा गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्