सांसद श्रेष्ठको अडियो सार्वजनिक : रास्वपाले गर्‍यो कारबाही

<span class='c1'>सांसद श्रेष्ठको अडियो सार्वजनिक</span> <span class='c2'>: रास्वपाले गर्‍यो कारबाही</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाका कुमार श्रेष्ठलाई तत्काल काम, कारबाहीमा रोक लगाइएको छ।

सांसद ढकालले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग आर्थिक सहयोग मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले सांसद श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको छ ।

रास्वपाले पार्टीको साधारण सदस्य र सांसदको रूपमा कुनै पनि काम र क्रियाकलाप गर्न नपाउने गरी श्रेष्ठलाई तत्कालका लागि निलम्बन गरेको महामन्त्री डाक्टर मुकुल ढकालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउनसमेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ’, पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै पार्टीले सांसद ढाकाराम श्रेष्ष्ठ र दुर्गा प्रसाईंबीचको टेलिफोन वार्ताका सम्बन्धमा सत्य/तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।

अडियोमा उनले आफूहरूको भागमा स्वास्थ्य मन्त्रालय पर्ने र मन्त्रीका लागि दुई करोड बुझाउनुपर्ने बताएका थिए। आफूसँग पैसा नभएको बताउँदै उनले अहिले एक करोड जति दिँदा हुने र एक करोडको चेक दिँदा पनि हुने बताएका थिए।

त्यसको जवाफमा प्रसाईले आफूले दुई करोड उपलब्ध गराउने बताएका थिए। एमाले‍-माओवादी गठबन्धन सरकारमा रास्वपाले स्वास्थ्य मन्त्रालय दाबी गरेको थियो। मन्त्री दाबी गरे पनि उसले मन्त्रालय पाएन तर स्वास्थ्य राज्यमन्त्री भने रास्वपाकै डा. तोसिमा कार्की बनेकी थिइन्।

प्रसाईसँग पैसा माग्ने श्रेष्ठ रास्वपाका समानुपातिक सांसद हुन्। ४६ वर्षीय उनी कास्कीका चिकित्सक हुन्। उनलाई रास्वपाले आदिवासी जनजातितर्फ पहिलो नम्बरमा राखेको थियो। उनी रास्वपाको गण्डकी प्रदेश सभापतिसमेत हुन्। उनले क्षेत्रीय अस्पताल पोखरामा कामसमेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्