प्रहरीसँग विद्यार्थी कार्यक्रम संचालन

<span class='c1'>प्रहरीसँग विद्यार्थी</span> <span class='c2'>कार्यक्रम संचालन</span>

सुनसरी । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय दुहवीले "प्रहरीसँग विद्यार्थी"कार्यक्रम संचालन गरेको छ ।

प्रहरी र विद्यार्थी बिचको सामिप्यतालाई बढाई सुरक्षित समाज निर्माणको उदेश्य अनुसार ईलाका प्रहरी कार्यालय दुहवीका प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धीराम चौलागाईको सक्रियतामा चैत्र २४ गते स्थानीय गोकुल किड्जी विद्यालयका विद्यार्थीहरुलाई प्रहरी कार्यालयका बिभिन्न शाखाहरुको अवलोकन गराई प्रहरीले गर्ने कार्यहरुको बारेमा समेत जानकारी दिएका थिए ।

सोही कार्यक्रममा कार्यालयको परिसरमा फलफूल,धुपी,अमला लगायतको विरुवाहरु वृक्षारोपण गर्नुका साथै विद्यालयको सहयोगमा हिरासतमा "मानव मस्तिष्क (Human Brain)"आकारको पुस्तक र्‍याकसहितको पुस्तकालयको निर्माण गरी विद्यार्थीबाट समुद्घाटन गरिएको थियो ।

यसरी बालबालिकाहरुसंगको सामिप्यताले बालबालिकाहरुमा प्रहरी प्रतिको सोचमा परिवर्तन भई सूचनाहरु संकलन हुने र हुन सक्ने अपराधीक गतिबिधीहरुमा समेत प्रहरीको पहुँच पुगेमा समाजमा हुने बिबिध किसिमका अपराधीक कार्यहरुलाई समयमै निरुत्साहन गर्न सकिने लक्ष्यका साथ यस किसिमका कार्यक्रमहरु निरन्तर संचालन हुने प्रहरी निरीक्षक चौलागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्