होमियोपैथिकको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान

होमियोपैथिकको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान

सन् १७९६ ई. माजर्मनीमा डा. सैमुअलक्रीश्चीयनफ्रेडरिक हैनिमैनले होमियोपैथिक चिकित्सा पद्धतिको अविष्कार गरी सम्पुर्ण विश्वलाई स्वास्थ्य लाभको क्षेत्रमा ठूलो योगदान पुर्‍याउनु भएको छ । उहाँ एलोपैथिक चिकित्सा विज्ञानमा एम.डी.उपाधि प्राप्त गर्नु भएको थियो।

जर्मनीका एलोपैथिक चिकित्सक हैनिमैन (एम.डी.) लेएलोपैथिक चिकित्सा पद्धतिबाट उपचार गर्दा प्रयोग गरिएका औषधिबाट साईड इफेक्टका काराण मानव स्वास्थ्यमा गम्भीर प्रकारका समस्याहरू थप हुँदै गएको देखेर यसको विकल्पमा लामो समयको अनुसन्धान गरिए पश्चातसन १७९६ ई. माहोमियोपैथिकचिकित्सा पद्धतिको आविष्कार गर्नु भएको थियो ।
होमियोपैथिक चिकित्सा पद्धतिका अविष्कारक डा. सैमुअल हैनिमैन को जन्म जयंतीको अवसरमा “विश्व होमियोपैथिक दिवस”को रूपमा - मनाउदै आईरहेका छौं । आज महात्मा हैनिमैनको २६८औं जन्मजयंती रहेको छ।

विश्व स्वास्थ्य संगठनले सुरक्षित,कर्म खर्चिलो र स्वस्थ मानव शरीर मै औषधि परिक्षण गरिने यो चिकित्सा विज्ञानलाई सबै भन्दा आधुनिक चिकित्सा विज्ञान भनेर मान्यता दिएको छ । सन् १७९६ मा जर्मनीबाट सुरु भएको होमियोपैथिक चिकित्सा पद्धति संसारका सबै देशमा फैलिएको छ। डब्लुएचओ लगायतका ११ स्वास्थ्यका संगठनले विश्वको दोस्रो ठूलो चिकित्सा पद्धतिको रूपमा स्वीकार गरेको छ । विश्वका ८० भन्दा बढ़ी देशहरूमा होमियोपैथिक चिकित्सा पद्धतिलाई प्रयोग र वैधानिक प्राप्त भएको छ। युरोप का ४० देशहरूमा फैलिएको यो उपचार पद्धतिमा २९ प्रतिशत युरोपीयनहरू होमियोपैथिक उपचार पद्धतिको प्रयोग गर्दछन् । फ्रांसमा भएको सर्भे अनुसार लगभग ४० प्रतिशत फ्रांन्सेली नागरिकले होमियोपैथिकको प्रयोग गर्ने गरिएको र प्राथमिक स्कूलमा समेत होमियोपैथिक बारे जानकारी तथा मेडिकल स्कूलद्वारा होमियोपैथिकको अध्ययन गर्ने गरेको छ । छिमेकी देश भारतमा सन् २०१४ सम्म ५२ यूनिभसिटीले होमियोपैथिक अध्ययन गराई रहेको, १८३ होमियोपैथिक मेडिकल कलेज बाट स्नातकतहको अध्यापन गराई रहेको छ। भारत सरकारले वैकल्पिक चिकित्साको प्रर्वदन र विकास को निम्ती छुट्टै आयुष मन्त्रालयको स्थापना गरेका थिए । दक्षिण एशियामा भारत बाहेक पाकिस्तान, श्रीलंका र बंगलादेशमा पनि अत्यन्त लोकप्रिय र उक्त देशहरूमा छुटै होमियोपैथिक मेडिकल काउन्सिल रहेको छ !

नेपालमा होमियोपैथिकको इतिहास :

प्रधानमंत्री चंद्र रामशेर जंगबहादुर राणाको बेलामा एक पटक काठमाडौं मा हैजा (अजयभिचब) फैलिएको थियो । हैजाको प्रकोपले त्यस क्षेत्रकाबासिंदा डरले भयभीतथियो । त्यसै बेला एउटाबंगालीमुखर्जी भने चिकित्सकले होमियोपैथिकऔषधीप्रयोगगरी धेरै बिरामीलाई निको पार्नु भएको थियो र फैलिएको हैजालाई कैम्फोरा (camphora) प्रयोग गरि नियंत्राण समेत गर्नुभएको थियो !

प्रधानमन्त्री राणाले होमियोपैथिक औषधिको चमत्कारी प्रभाव हेरेर धेरै प्रभावित हुनु भयो र उनीले आफ्नो परिवारमा त्यसै बेलादेखि होमियोपैथिक चिकित्सालाई प्राथमिकता दिनु भएको थियो । त्यसपछि चीफ फील्ड मार्शल रुद्र शमशेर जंगबहादुर रानाको पालामा नेपाली भाषामा“पारीवारिक होमियोपैथिक चिकित्सा”भन्ने पुस्तक समेत प्रकाशित भएको छ। (१९७९ वि.स.) काठमाडौंको सुनधारामा होमियोपैथिक पशु अस्पताल खुलेको थियो । जहाँ डा.खुशबहादुर थापा कार्यरत हुन्थ्यो । सोही अस्पताल काठमाडौँ कोत्रिपुरेश्वरमा सारियो। २००४ मा काठमाडौंको सुनधारामा ज्ञानेन्द्र मोहन मेमोरियल होमियोपैथिक औषधालय स्थापित भयो ।
२०१० सालमा रामनाथ अघोरी बाबाले राजा त्रिभुवनलाई निवेदन गरी छह (६) शैय्याको होमियोपैथिक अस्पताल पशुपतिनाथको मंन्दिर परिसरमा संचालन गरेका थिए । हाल यसको नाम पशुपति-होमियोपैथिक अस्पताल राखियो र यो अस्पताल ललितपुर जिल्लाको हरिहर भवनमा सारिएको छ।

-२०४७ सालमा नेपाल होमियोपैथिक चिकित्सक संघ संस्थापकअध्यक्ष डा. जीवनप्रकाश, अमडुवा, सुनसरीको नाउँमाजिल्लाप्रशासनकार्यालय विराटनगरमोरंगमादर्ता भएको छ । यो संस्था२०४८मा समाज कल्याण परिषद काठमाडौंमादर्ता भएको छ ।

-२०४९/२०५१/२०५३ मा नेपालहोमियोपैथिक मेडिकल काँउन्सिलको गठन गर्ने माग स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा, नेपाल होमियोपैथिक चिकित्सक संघले गर्दै आएको छ ।
- वि.सं. २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धमा डा.जीवन प्रकाशको अध्यक्षतामा होमियोपैथिक विषय समिति गठन गरी बी.एच.एम.एस. को पाठ्यक्रम तयार गरेर “नेपाल होमियोपैथिक मेडिकल कालेज”विराटनगरमा स्थापना गराउनु भयो ।

( लेखक: वरिष्ठ होमियो फिजिसियन एवं नेपाल होमियोपैथिक चिकित्सक संघका महासचिव हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्