कर्णाली प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

<span class='c1'>कर्णाली प्रदेश सरकारबाट</span> <span class='c2'>एमालेको समर्थन फिर्ता</span>

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पर्छाइले संयुक्तरूपमा राजीनामा बुझाउनुभएको थियो ।

आज नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारबाट आफ्नो दलले समर्थन फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको थियो । गत पुस २७ गते एमालेले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा दलका नेता शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको थियो । एमालेको समर्थनमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुभएको थियो ।

सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्