सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-१३ खनार स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका-२ का ४० बर्षीय राम चन्द्र राय रहेका छन् ।

बुधबार अपराह्न साढे १२ बजे खनार स्थित रहेको स्वस्तिक मैदा मिल बन्दै गरेको फ्याक्ट्रिमा फलामको भर्याग्ङ लगाई कलर लगाउने क्रममा अचानक बिजुजीको तार छुन पुग्दा करेन्ट लागेर घाइते भएका रायलाई उपचारको लागि बिराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्