विराटनगर । कवि तथा लेखक भद्रगोल किराँतीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार ललितपुरको सातदोबाटोस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश मन्त्री वुद्दिकुमार राजभण्डारीको घरमा कालो झण्डा गाडने र शुक्रबार सिंहदरबारभित्र कोशी प्रदेश नामाकरणको बिरुद्दमा कविता बाचन र कोशीको पम्प्लेट जलाएको बिषयमा प्रहरीले किराँतीलाई पक्राउ गरेको किरात राई यायोक्खाले जनाएको छ ।
यायोक्खाका अनुसार प्रहरीले किराँतीलाई टेकुमा लगेको जानकारी प्राप्त भएको छ । ‘प्रहरी प्रशासन र सरकारको यस कुकार्यको लागि घोर भत्सर्ना गर्दै उहाँलाई तुरुन्तै निशर्त रिहा गर्न अपिल गर्दछौं’, यायोक्खाले भनेको छ ।
उनको विनासर्त रिहाई माग गर्दै विभिन्न संघसंगठन र पहिचान पक्षधरका नेताहरुले यस पक्राउ गरिएको घट्नाप्रति विरोध जनाएको छ ।
फोटो:फाइल