समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री दाहाल

<span class='c1'>समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार</span> <span class='c2'>आएको छ : प्रधानमन्त्री दाहाल</span>

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ ।

उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएता पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभएको हो ।

“वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ । वित्तीय तरलताको स्थितिमा सुधार भएको छ”, उहाँले भन्नुभयो, “विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटनलगायत क्षेत्रमा प्रगति हुँदै जान थालेको छ । कर्जाको दर पनि विस्तारै घट्दै जान थालेको छ ।”

नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्व दिइएको उहाँको भनाइ थियो ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले सरकार क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै निजी क्षेत्रका विषयगत विधाबाट नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि एकीकृत सुझावका लागि व्यवसायीलाई आग्रह गर्नुभयो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, मुख्यसचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत नेपाल चेम्बर अफ कमर्श, गैरआवासीय नेपाली सङ्घ, साना तथा घरेलु उद्योग महासङ्घलगायत निजी क्षेत्रसम्बद्ध सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिका साथै निजी क्षेत्रसम्बद्ध व्यक्तित्वको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्