सकम्बरीले सबै माथी गरेको अन्याय !

सकम्बरीले सबै माथी गरेको अन्याय  !

नेपाली होस् वा अन्य कुनै पितृसत्तात्मक समाज - यसको मूल विशेषता के हुन्छ भने यसले महिला - नारीहरु माथी हुने कुनै पनि वस्तुकरणलाई बडो मजासँग आनन्द लिन्छ यसमा रमाउछ अरुलाई वस्तुको रुपमा हेर्न देख्न र भोग्न पाएकोमा खुसि हुन्छ गर्व गर्छ किनकि वस्तुले प्रतिकार गर्दैन वस्तुले विद्रोह गर्दैन वस्तुलाई उनीहरुले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न पाउँछन् र मान्छे वस्तु हुनु नै उनीहरुको चाहना हो कोहि नारी वस्तु भएको मजासँग हेर्छ जस्तो किनारीको वस्तुकरण (अब्जेटिफ़िकेसन ) गरिएका हजारौ लाखौ विज्ञापन हेर्नुस् अथवा सयौ चर्चित फेसनशो/म्यागजिन हेर्नुस्।

हामी दरिद्रता र पाखण्डको पराकाष्ठबाट हुर्किएका हौँ ! सतीप्रथा जस्तो अमानवीय अभ्यासबाट फर्किएका हौँ। हामीलाई मान्छे हुनु हामीलाई सुध्रन अझै दशकौ लाग्ला तर दशकौसम्म अन्याय गर्ने छुट हामी लाईछ ?

नारीमाथिको अन्याय वा पुरुषको भोगवादी आचरणको चित्र ?

फ़ुलमायाको वस्तुकरण अथवा यथार्थ भन्ने विषयमा धेरै कमेन्टहरु पढिसके पछि मलाई प्रकाश सपुत ज्युको गीत सुन्न - हेर्न मन लाग्यो र हेरे , मैले सुरुमा क्यापसन पढे त्यहाँ लेखिएको छ “In the lyrics of Sakambari song, it is shown how a common man goes on the wrong path due to his compulsion and ambition, while through the video, Sexual Harassment in different" अर्थात एउटा साधारण मानिस आफ्नो अनिवार्यता (कम्पल्शन) र महत्वाकांक्षा (एम्बिसन को कारणले कसरी गलत बाटोमा जान्छन भन्ने कुरा सकम्बरी गीतले देखाउदछ र भिडियो मार्फत विभिन्न क्षेत्रमा हुने यौन उत्पीडन(सेक्सुअलह्यारेस्मेण्ट) लाई प्रतीकात्मक रुपमा प्रस्तुत गरिएकोछ।"

यति पढि सकेपछि अब मैले वा तपाईले एउटा साधारण मान्छे कसरी कता गलत बाटोमा जान्छ र यौन उत्पिडन (ह्यारेस्मेण्ट)को प्रतिकहरु कताकता छन् भनेर हेर्नुपर्ने हुन्छ वा हेर्न खोजिन्छ।

गीत कम विज्ञापन ज्यादा ?

सुरुको ४७ सेकेण्ड विभिन्न कम्पनीको एड जबर्जस्ति घुसाइएको रहेछ अर्थात गीतसगै अपलोड गरिएको रहेछ युट्युबमा तपाईले कुनै भिडियो हेर्दाहेर्दै आउने एड( विज्ञापन) र यो गीतको एडमा धेरै फरक छ किनकि युट्युब भिडियोहरुमा गुगल एड्सेन्स मार्फत आउने एडहरु ज्यादामा २०सेकेन्डको हुन्छन र भिडियोसगै अपलोड भएको हुदैनन।

दुनियाले ६६ लाख पटक यो भिडियो हेरिरहदा गायक र उहाँको टिमले जबर्जस्ति आमदर्शकलाई ४९सेकेण्डको भिडियो हेर्न बाध्य बनाएको छ अर्थात ६६ लाख मानिसको एकमिनेट - ६६ लाख मिनेट बिक्रि भैसकेको छ। भिडियोको ४:३६सेकेन्डमा लिफ्टमा सुनिल थापा र फुलमाया लिफ्ट /ईलाभेटर चड्दै गर्दा लिफ्टको ढोकामा एउटा सिमेन्ट कम्पनीको एड देखा पर्छ जुन सिमेन्ट कम्पनीको एड भिडियोमा पहिले सुरुमा पनि जबर्जस्तघुसाइएको छ।

विज्ञापन यतिमा मात्रै सकिदैन है , भिडियोको (४:५१)मा ४ मिनेट ५१सेकेन्डमा एक ज्वेलेवेर्समा सुनिल थापा ( भिडियोमा एक प्रौढ धनाढ्य ) को रुपमा चित्रण गरिएका पात्रले फुलमायालाई गहना किनेको देखाइन्छ एक ज्वेलेवेर्स जसको विज्ञापनमा सुरुमा प्रकाश सपुत आफै लेखेका छन् , त्यसपछि लगतै एउटा बैंकको क्युआर डिस्प्ले स्ट्याण्ड देखाइन्छ जुनकुनै संयोग हैन किनकि गीतको भिडियोको सुरुमा नै त्यो बैंक र ज्वेलेर्सको विज्ञापन छ।गीतको ७ मिनेट ९ सेकेण्डमा फुलमायाको कहानी कानको झुम्काबाट डायमण्डसम्म पुग्छ र फुलमाया एउटा बैंक र एटिएम अगाडिबाट निस्केको देखाइन्छ जुन बैंक क्युआर डिस्प्ले स्क्यान बोर्ड देखाएको सगर भिडियोको सुरुमा देखाएको बैंक नै हो।७ मिनेट ४७ सेकेन्डमा फेरी त्यहि सिमेन्ट कम्पनीको वाल पेण्टिङ्ग देखा पर्दछ,५२औँ सेकेन्डमा एक जना पुरुष एउटा पेण्ट कम्पनीको टि-सर्ट लगाएर देखा पर्दछन् भने अर्को एक जना महिलाले त्यही सिमेन्ट कम्पनीको बोरामा केहि बोकेको देखिन्छ।

भिडियोको ८ मिनेट ५७ सेकेन्डमा एउटा टेलिभिजन सेवा प्रदायकको बक्स देखिन्छ जुन भिडियोको सुरुमा पनि स्पोन्सर्डको रुपमा राखिएको छ। भिडियोको ११मिनेटमा "सकम्बरी सबैकी ","सस्ती सकम्बरी ", "मिस्टिरियस सकम्बरी" भनेर तिनवटा न्युज कटीङ्ग देखापर्दछन जसमा मिष्टिरियस सकम्बरीको माथि लेखिएको छ "फलानोपेन्ट्स " जसलाई त्यो गीतको भिडियोको सुरुमा विज्ञापनको रुपमा राखिएको छ।समग्रमा यो गीत एउटा गीत नभएर फुलमायाको कथामार्फत गर्न खोजिएको ब्राण्डिङ्ग बनेको छ ,यसले वास्तविक फुलमायाहरुको कहानीलाई नै बेचेको छ।

एउटा गीतमा कतिसम्म एड हुनु ठिक हो वा हैन कतिवटा ब्राण्डको प्रायोजनसम्म "कुरुप " लाग्दैन ? त्यो बहस गर्ने स्तरमा हाम्रो सोच हाम्रो चिन्तन र हाम्रो कला प्रतिको मोह पुगि सकेको छैन तर युट्युबको पोलिसिले भन्दछ - https://support.google.com/youtube/answer/154235
प्रायोजित प्रोडक्टहरु देखाउदा वाअनुमोदन गरेर भिडियो अपलोड गर्दा स्पष्ट खुलासा गरिनु पर्दछ अथवा जानकारी दिनुपर्दछ।

लिरिक्स र फुलमायाको वस्तुकरण !

कानमा झुम्का तिम्लाई कल्ले किन्दियो?
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो ?
पाउमा लाको पाउजु, हातमा सुनकोचुरा
तिम्लाई कल्ले किन्दियो ?

हुनुपर्ने गीतको पहिलो पक्ष यसका शब्दहरु हुन् युट्युबमा राखिएको क्याप्सन जस्तै यसको लिरिक्सले धेरै कुरा भनेको होलान् तर सुरुमा टन्नै विज्ञापन र ब्राण्डहरु राखिएकोले त्यसैको चर्चा गरिएको , गायक प्रकाश सपुत आफैँले लेख्नुभएको भनिएको यो गीतमा किन्दियो शब्द आठ ठाउँमा प्रयोग गरिएको छ दोहोरिएका अन्तरा वा स्थायी / मुखडा यसमा गनिएको छैन समग्रमा फुलमायालाई सबैकुरा पुरुषले किन्दियो भनेर सुनाउन खोजिएको छ देखाउन खोजिएको छ। गायकले गाउन खोजेपछि फुलमाया वेटरको रुपमा देखापर्छिन र सुरुको स्थायी (गीतको सुरुको लाइन ) नै किन्दियोबाट सुरु हुन्छ ! के शब्द र भिडियोको तारताम्यता मिल्यो यहाँ ? अब कुनै पनि महिलाले वेटरको रुपमा काम गर्न नहुने हो ?

झुम्कबाट सुरु भएको गीत आँखै खाने डायमण्ड र घढि टिभि कसले किनिदियो भनेर सोधिरहदा महिलालाई परनिर्भर वस्तुको रुपमा भन्दा ज्यादा कुनै स्थान दिदैंन ।यदि फुलमायालाई बाध्यताले आफ्नो अभाव पूर्ति गर्न मोड्लिङ्क फेसन सो वा वेटर कै रुपमा काम गर्न बाध्य देखाइएको हो भने के फुलमायाहरुको समयको कुनै भ्याल्यु थिएन ? के कुनै पुरुषसँग सम्बन्ध राख्ने कुराले मात्रै फुलमायालाई झुम्कादेखि डायमण्ड किन्ने बनायो ? यो गायक प्रकाश सपुतको गल्ती हैन प्रकाश सपुतलाई सोधिएको प्रश्न पनि हैन समस्या हाम्रो सोचको मनोरंजन उद्योगको विकास क्रममा नै भएको गम्भीर गल्ती महिलाई वस्तुको रुपमा मनोरंजनको साधनको रुपमा हेरिनु हो कुनै पनि कुरालाई तपाई जब एक वस्तु हो, विषय होइन भनेर लिनुहुन्छ त्यसको आफ्नै शारीरिक र यौन आवेग र रुचिहरू स्वतन्त्र रूपमा अवस्थित छैन भनेर मान्ने गरिन्छ र दोस्रो पक्षले नियंत्रित, परिभाषि तर उपयोग गर्ने गरि सिमित गरिन्छ।

गीतको सन्देश र मनोवैज्ञानिकअसर

यो लेख लेखिरहदासम्म "कानमा झुम्का तिम्लाई कल्ले किन्दियो? नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो ?" भन्दै सयौ हजारौ टिकटक र फेसबुक रिल बनि सकेका छन् कतिले आफ्नै श्रीमती वा प्रेमिकासँग पनि टिकटक बनाएका छन् वास्तवमा कुनै पनि कलाकारसँग समाज र आम मानिसको अपेक्षा अरुको भन्दा धेरै हुन्छ र प्रभाव पनि धेरै हुन्छ कलाकारहरुले कस्तो सन्देश दिन्छन भन्ने कुराले धेरै फरक पार्दछ।
यो गीतमार्फत महिलालाई सबै कुरा पुरुषले नै किनिदिन्छ भन्ने सन्देश दिइदै छ महिला परनिर्भर वस्तु हुन् भन्ने पितृसत्तात्मक सोचले ग्रस्त छ गीत !

निस्वार्थ रुपमा वा यौनिक स्वार्थ बिना पनि धेरै पुरुषले धेरै महिलालाई सहयोग गरेको हुन्छन सबै पुरुषलाई यौन पिपासुको रुपमा प्रस्तुत गरिएको छ गीतले पुरुष र महिला दुबैलाई अन्याय गरेको छ।गीतले दिने सन्देशको असर कुनै लैंगिक वर्गमा मात्रै सिमित छैन।

गायक यतिमा मात्रै सिमित नभएर पाप र धर्मसम्मको बहस गर्न पुग्छन गीतमा भनिएको छ "जाग्यो रहर पापी शहरको … छैन सिमाना आफ्नै रहरको ..लौ धर्मैमा स्नेजहर.. र अन्तिममा सकम्बरीले भन्छिन केहि पाप मैले पनि गरेको छु , यो स्वीकारोक्तिले बाध्यताले फुलमाया भएका महिलाहरुलाई दिने सन्देश के हो ? के पाप र धर्मको फैसला गायक आफैँले गर्न थालेका हुन् ?

शब्द र चित्रको झुर मिश्रण

भिडियोको आठ मिनेटपछि महिला हिंसाको दृश्य देखाइएको छ फुलामायाको आमालाई उनको श्रीमानले एउटा ठुलो काठले हान्छिन लगतै "घाँटी निरै डामकेको होलानी ,राती तिरै काम के को होलानी" भनेर गायको सुन्न सकिन्छ वास्तवमा रातिका सबैका महिलाको घाटीमा डाम हुने भन्न खोजिएकोहो ? अथवा दिउँसो कुनैपनि पुरुषले यौन -शारीरिक हिँसा गर्दैन्न भन्न खोजिएको हो ? भिडियोको केहि स्थानमा फुलमाया /सकम्बरी सेतो रंगको वस्त्रमा देखिन्छिन उनले भिडियो भरमा धेरै रंगका वस्त्र लगाउ छिन् तर फेशन शो र अन्तिममा कालो वस्त्रमा देखिन्छिन लुगाको रंग र त्यसले दिने सन्देश स्पष्ट नभै विभिन्न रंगको प्रयोग गरिएको हो की ? प्रकाश सपूत् (भिडियोमा देखिएका पुरुष गायक ) भने हरेक ठाउँमा कुनै न कुनै सेतो वस्त्रमा देखिन्छन वास्तमा यी रंगहरु कुनै विचार गरेर रोजिएका होलान कि यति कै राखिएका होलान ?

गीत हो की धारावाहिक शृंखला ? वाथ्रिलर ड्रामासिरिज ?

यो गीत आफैँमा कति पुर्ण वा अपूर्ण रहन सक्छ प्रस्तुत पंक्तिकार त्यसको ज्ञाता हैन एउटा साधारण पाठक श्रोतार दर्शक हो तर के गीतको अन्त्य कुनै सस्पेन्सन वा प्रश्न छोडेर हुन्छ ? मिर्जापुर २ मा कालिन भैयालाई कहाँ लैजाला ? अथवा कि फुलमायालाई प्रकाश सपुत गंगूबाई काठियावाड़ी कि गंगूबाई बनाउन चाहन्छन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्