उर्लाबारीबाट लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

उर्लाबारीबाट लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

विराटनगर । उर्लाबारी नगरपालिका-३ केर्खाली चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राती साढे ११ बजे १९ बर्षीय बिश्वास धिमालको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको घरबाट २१ ग्राम ब्राउन सुगर फेला पारे सगै बेचबिखानमा संलग्न धिमाल, २२ बर्षीय आलोक धिमाल र भक्तपुर चाँगुनारायण नगरपालिका-१ का २८ बर्षीय उपेन्द्र खड्का समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्