अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न उर्जा दिँदै ‘द लेप्रोशी मिशन नेपाल’

अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न उर्जा दिँदै ‘द लेप्रोशी मिशन नेपाल’

विराटनगर । अपाङ्गता भएका व्यक्तिका लागि राज्यले विभिन्न खाल्को कार्यक्रमहरु ल्याईरहेकै हुन्छन् । सरकारले ल्याएका केही त्यस्ता खाल्का कार्यक्रममले केहीलाई फाइदा पुगरिहेकै हुन्छ भने केही अपाङ्गता भएका सबै खाल्का व्यक्तिहरुलाई समेट्न नसकेका भन्ने गुनासो पनि उतिकै हुन्छन् । संरचनाको हिसाबले होस् या आत्मनिर्भर बन्ने खाल्का विषयमा कही न कतै कोही छुटेकै हुन्छ ।

सरकारको सहयोगी हातको जिम्मेवारी बोध गरेर "द लेप्रोसी मिसन नेपाल" अन्तर्गत फाउण्ड परियोजनाले स्पाईनल कर्ड इन्जुरी भएर व्हिल चेयर प्रयोग गर्दै आएको विक्रम घिमिरे र उनी जस्तै अवस्थाबाट गुज्रिरहेका थप ९ जना स्पाईनल कर्ड ईन्जुरी भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्य साथ मिनी होजियरी गार्मेन्ट उद्योग संचालनका लागि ४ महिने तालिम र आवश्यक पर्ने ७ वटा विभिन्न प्रकारका मसिन सहयोग गरेर १० जना अपांगता भएका व्यक्तिहरुको जीवन नया ढङ्गले सुरुवात गराउन सफल भएको छ ।

स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको अध्यक्ष समेत रहेको बिक्रम घिमिरे साथै उनको टिम पछिल्लो समय पालिका, मन्त्रालयको पनि सहकार्यमा काम गरिरहेका छन् । उनीहरुले उत्पादन गरेको सामान कोशी प्रदेशको विभिन्न जिल्लाबाट माग समेत आउने गरेको बताउदै उनले आगामी दिनहरुमा आफ्नै भवन स्थापना गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई पुर्नस्थापनासहित आत्मनिर्भर गराउने योजना रहेको समेत बताए ।

द लेप्रोशी मिशन नेपाल कोशी प्रदेशका प्रमुख विपिन दासले अपाङ्गता भएका व्यक्तिहरु र कुष्ठ प्रभावित व्यक्तिहरुलाई मुल्प्रबाहमा ल्याई देशको अर्थसंग जोड्ने उद्देश्यले आफूहरुको संस्थाले काम गर्दै आइरहेको साथै कुष्ठ रोगबाट प्राभावित भएका व्यक्तिहरुको निशुल्क उपचार तथा अन्य स्वास्थ्य सेवा समेत सोहि संस्थाले ललितपुर स्थित आनन्दबन अस्पताल मार्फत सेवा दिदै आएको समेत जानकारी दिए । इटहरीमा बिक्रम घिमिरे लगायतको अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरि उत्पादन संग जोडेको जस्तै उनले दमकमा १० जना अपाङ्गता भएका व्यक्तिहरुका लागि यहि मोडेलमा सहयोग गरि मिनी गार्मेन्ट उद्योग संचालनमा ल्याउन सफल भएका छ ।

हालसम्म द लेप्रोसी मिसन नेपालले करिब १५० जति अपाङ्गता भएका व्यक्तिहरुलाई विउ पुजी अनुदान रकम उपलब्ध गराई स्वरोजगार बनाउन सफल भएका छन् भने बिभिन्न सिप र क्षमता अभिवृद्धि गराई ७२ जना अपांगता भएका व्यक्तिहरुलाई औपचारिक रोजगारसंग जोड्न सफल भएका छन् । यस अघि डिसेम्बर, २०२२ मा कोशी प्रदेशमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुलाई लाभ पुग्ने गरि अपाङ्गता समावेशी रोजगार मेलाको समेत आयोजना गरिसकेको प्रमुख दासले बताए ।

तीन वर्ष देखि सञ्चालनमा आएको सो संस्थाले कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा योगदान पु¥याउदै आइरहेको छ । संस्थाले उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश संग सहकार्य गर्दै यो कार्यक्रमहरु अगाडीबढाई रहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्