झापाबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर । झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो ३ बजे बिशेष सुचनाको आधारमा झापाको मेचीनगर नगरपालिका-१३ चारआली स्थितमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले स्थानीय २६ बर्षीय आकाश गुरुङको साथबाट १ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

भने सोही दिन मेचीनगर-१० मियाँबस्ती स्थितमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले ३१ बर्षीय मेसरु मियाँलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरे सगै प्रहरीले पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्