लिम्बू समुदायमा सिंदुर र पोतेको जस्तै महत्त्व “युप्पारुङ” को हुन्छ

लिम्बू समुदायमा सिंदुर र पोतेको जस्तै महत्त्व “युप्पारुङ” को हुन्छ

सुजता लिम्बू
विराटनगर । सामाजिक, धार्मिक, कानुनी रुपबाट एक अर्कोसँगै जीवन व्यतित गर्ने सम्बन्ध हो विवाह । विवाहले दुई परिवारबीच नाता र सम्बन्ध जोड्दछ । हरेक जातजाति र समुदायमा विवाह गर्ने आ-आफ्नै तरिका र विधि हुन्छ । विवाह भन्ने वित्तिकै सिन्दुर र पोतेसँगको सम्बन्ध राख्दछ । तर लिम्बू समुदायमा भने सिन्दुर, पोतेको कुनै आवश्यकता पर्दैन । अझ भनौ यो समुदायका विवाहित महिलाहरुले सिन्दुर र पोते लगाउदैनन् । तर पछिल्लो समय विवाहमा सिन्दुर र पोते भित्रयाउने प्रचलन विधि नबुझेर भएको जानकारहरु बताउछन् ।

लिम्बू समुदायमा सिन्दुर पोतेको कुनै महत्व नरहेको लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष याङ लावती बताउछन् । यो समुदायका लागि सिन्दुर पोतेको स्थानमा बेहुलाले बेहुलीको पछ्यौरीमा युप्पारुङ बाँधिदिने प्रचलन रहेको उनी बताउछन् । युक्पारुङ (चाँदीको सिक्का) यसको बैवाहिक सम्बन्धनमा ठूलो महत्व रहेको उनले बताए । युप्पारुङ स्त्री स्वतन्त्रताको अधिकार दिइएको भन्ने अर्थ राख्ने बताउदै उनले भने,‘हाम्रो मन्छेले नयाँ विवाहमा सिन्दुर पोते लगाएको देख्छु, फेदाङ्माले माग्दो रहेछ लिम्बू समुदायमा सिन्दुर पातेको कुनै महत्व छैन ।’

दश लिम्बूको थिति बमोजिम (खेम्जोङ) भनेको विवाह भएर पनि मन मिलेन भने केटीले पनि सम्बन्धन विच्छेद गर्न सक्ने र केटाले पनि निणर्य गर्न सक्ने व्यवस्था रहेको बताउदै उनले यो प्रचलन छैटौँ सताब्दीमा नै लिम्बूवानको ऐनमा विकास भएको उनले सुनाए ।
यस्तै (नाजोङ) केटीले केटालाई सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था रहेको बताउदै उनले भने,‘ यसको विधि छ । ’

विवाहमा कलशको महत्व

लिम्बू समुदायको विवाहमा कलशको महत्व निक्कै नै वृहत छ । दुलाह र दुलही दुईजनाको कलस बनाउने र अन्तिमा ठूलो कलसमा एउटै बनाउने चलन रहेको उनले बताए । ‘लिम्बू समुदायको विवाहमा कलशको निक्कै नै महत्व छ, दुईवटा कलश हुन्छ पछि सबै विधि सकेर ठूलो कलशमा एउटै बनाउने चलन छ, यसलाई ‘ सोधुङ , काम्मा, ओरक ’ भनिन्छ , सोधुङ भनेको श्रद्धेय , ओरक भनेको पोखरी काम्मा भनेको मिलाउनु भनिन्छ,‘ उनले भने,‘ दुईवटा लोटामा राखेको बेहुला र बेहुलीको प्रतिक अर्थात जीवनको पानी मुन्दुम पढेपछि एउटा बनाउछ जसले विवाह भएर शरीर दुई भए पनि जीवनमा मन एउटा बनाएको भन्ने बुझिन्छ ।’

जुन कुरा विवाह कार्यमा सामेल भएका देखि जल, जमिन सबैलाई साक्षि राखेर दुलाह र दुलही दुवैलाई घरगृहस्थ राम्रो गरिखाने सल्लाह सुझाव दिने चलन रहेको उनले बताए ।

दुलहीलाई आफू सत्यमा बसेर घरव्यवहार चलाउदै गर्दा श्रीमानले सौता लगाएर दुख दिए युप्पारुङ निधारमा हानेर जाँदा कुनै कानुन नलाग्ने फेदाङमा ( लिम्बूहरुको पुरोहित) ले नै बताउने चलन रहेको उनको भनाई थियो ।
‘हाम्रो समुदायको छोरीचेलीलाई सिन्दुर र पोतेको बन्धनमा राख्ने चलन छैन, हाम्रो छोरी चेली विधुवा भयो भने पनि सेतो लुगामा जिवन्त बाँच्ने चलन पनि छैन मन मिले माइत परिवारले विवाह गरेर पठाउन पनि सक्छ,’ उनले भने,‘ यो हाम्रो छोरीचेलीको कानुन हो , अहिलेको फेदाङमाले बुझाउन सक्दैन’

अहिलेको छोरीचेलीले पनि सिन्दुर पोते खोज्ने गरेको बताउदै उनले युप्पारुङमा अधिकार मन्त्र हुने बताए ।
श्रीमानसँग चित्त नबुझे पञ्च राखेर युप्पारुङ बुझाएर जानुपाउने र आत्मनिणर्य गर्ने अधिकार रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्