काम ढिलो भएको भन्दै इटहरीका मेयरले ठेकेदारको सवारी लिए नियन्त्रणमा

काम ढिलो भएको भन्दै इटहरीका मेयरले ठेकेदारको सवारी लिए नियन्त्रणमा

विराटनगर । विराटनगर-व्यापारिक मार्ग अन्तर्गत इटहरी क्षेत्रमा काम ढिलो भएको भन्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकणर् पौडेलले ठेकेदारको सवारीसाधन नियन्त्रणमा लिएका छन् ।

इटहरी देखी धरानको सेउती खोला सम्म ५.३ किलोमिटर सडक पुरा गर्न पटक-पटक निर्माण कम्पनीलाई ध्यानाकर्षण गराए पनि वास्ता नगरेको भन्दै मेयर पौडेलले शुक्रबार सवारीसाधन नियन्त्रणमा लिएका हुन् ।

हिम धुङ् थोकर एण्ड पेसिफिक जेभी कम्पनीले उक्त सडक निर्माणको ठेक्का लिएको छ । छ लेन सडक विस्तार आयोजनाका प्रमुख र ठेकेदार कम्पनीलाई पटक-पटक स्थानीय सरकारको तर्फबाट आग्रह गर्दा पनि अटेर गरेकाले गर्दा अब तीन दिन भित्र लिखित प्रतिबद्धता नआए थप प्रक्रिया अगाडि बढाइने मेयर पौडलले बताए ।

सङ्घीय सरकार मातहतको काम भइरहेको बताउदै उनले इटहरी उपमहानगरपालिका क्षेत्रको काममा स्थानीय सरकारको तर्फबाट हदैसम्म लचकता अपनाएर सडक चाँडो सक्न आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अब ठेकेदार कम्पनीलाई लिखित प्रतिबद्धता जनाउन समय सीमा दिइएको उनले बताए ।

उनले भने, ‘यदि तोकिएको समयमा पनि प्रतिबद्धता नआए प्रधानमन्त्री कार्यालय र भौतिक निर्माण मन्त्रालय पुगेर दबाब दिइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्