चाकडी

चाकडी

- रिकेश निरौला
हाम्रो नेपाली समाजमा सबैभन्दा बढी सलबलाउने भनेकै चाकडीबाज गर्न लिप्त भएका व्यक्तिहरु हुन्। किनभने हाम्रा ठूलाबडाहरूले नै चाकडी संस्कारलाई गाेडमेल गरेर संरक्षण गरिरहेका छन्। अरुले आफ्नो चाकडी गर्दा ठूलाभनौदा व्यक्तिहरु त्यसैमा मख्ख परेर रमाई रहेका हुन्छन् भने, ठूलाबडाको चाकडी गर्न पाएँ, उनीहरूको नजिक हुन् पाएँ, साथै विश्वासीलो पात्र हुन् पाएँ भनेर अरु साना मान्छेहरू मख्ख परेर चाकडी र चाप्लुसीमा आफ्नाे निजी स्वार्थ पूरा गर्नको लागि रमाई रहेका हुन्छन्। हुन त नरमाएर पनि के गर्नु ??

एउटा गतिलो जागिर चाहियो चाकडी गर्नुपर्छ । कुनै उद्यम ,व्यापार-व्यवसायका संचालनका निम्ती अनुमति लिनुपर्यो चाकडी गर्नेुपर्छ। वित्तिय संस्थाबाट ऋण लिनुपर्यो, चाकडी गर्नुपर्छ। कुनै ठेक्कापट्टा लिनुपर्यो चाकडी गर्नुपर्छ। अब हुँदा हुँदै आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिन, राम्रो अस्पतालमा उपचार गराउन पनि चाकडी गर्ने प्रवृत्ति दिन प्रति दिन हावी हुँदै गईरहेको छ। यसैबाट थाहा हुन्छ नेपालमा ठुलाबडाको चाकडी गर्ने चिप्ले घस्ने संस्कार कतिसम्म मौलाइको छ भने कुरा। कुनै पनि काम‌को लागि विधि वा प्रक्रिया पुगाएर पनि चाकडी गरिएन भने आफ्नो काम हुँदैन। चाकडी गर्ने पर्छ।
हुन त चाकडी प्रथा हामीले अध्ययन गरेका कयौं धार्मिक पुस्तकमा सेवकले मालिकलाई वा भनौं द्रुतले भगवानलाई गरेका कुराहरू पढेका छौं तर नेपालमा भने यो प्रथा राणा शासनको सुरुवातबाट अत्याधिक रूपमा बढ्‌दै गएको हो।यसको उद्गम स्थल दरबार नै हो। त्यहाँबाट सिकेका नेता, कार्यकर्ता, कर्मचारी साथै सुरक्क्षाकर्मी हरुमा यो संस्कारले निकै जरा गाढेको छ । देश राणा शासन देखी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा पनि चाकडी र चाप्लुसी व्यवहार एकरति समेत घटेको छैन,उल्टै बढ्दै गहिरहेको छ।जसले गर्दा एकआपसमा विश्वासघात बढायो, राजनीतिक, शैक्षिक, सामाजिक र आर्थिक समस्या बढायो र एक आपसमा अन्तरद्धन्द्ब सिर्जना गर्याे।

चाकडी/चाप्लुसीको एउटा जलन्त उदाहारण म यहाँहरु समक्ष पेश गर्दै छु - पूर्वी तराईको कुनै एउटा सरकारी कार्यालयको हाकिमको प्यारो कर्मचारी पहाडी जिल्ला तिर सरुवा भएछन् । उनी हाकिमसग बिदा लिन गएछन्, हाकिमले कर्मचारीलाई भनेछन्, ल राजकुमार जी थमैती गर्न पनी सकिएन।दु:ख नमान्नु होला ! कर्मचारी भएपछि यस्तै हो ,कहिले कहाँ, कहिले कहाँ। त्यहाँको हाकिमलाई पनि खुशी पार्नुहोला, यदि मिलेछ भने फेरि भर्ने यतै तिर सरुवा अथवा काज मिलाउला।" कर्मचारीले भनेछन्, "हाकिम खुशी पार्न त सब मलाई थाहा छ सर,चाकडी-चाप्लुसी गरेपछि हाकिम खुशी नहुने कुरै छैन,सब हाकिम त्यस्तै हुन् (भनिसक्दा हाकिमको अनुहार निलो-कालो भएछ)। केवल हजुर मात्र त्यस्तो चाकडी मन नपराउने अपवाद हो।" हाकिम यति सुनेपछि मुसुक्क हासेर त्यो कर्मचारीलाई विदा गरेछन्। कर्मचारीले बाहिर गएर साथिलाई भनेछ, "यो भन्दा ठूलो चावडी के हुनु, छुट्ने बेला पनि चाकडी गरेर छुट्नुपर्छ यार।"

यो त एउटा उदाहारण मात्र हो। यस्ता चाकडी चाप्लुसीको घटनाहरू देश भरिका अधिकास कार्यालयहरु भित्र हाभि भएका छन् । एउटा कार्यालयको साधारण कर्मचारीहरु मात्र नभएर यहाँ देशकै सर्वोच पद राष्ट्रपति,प्रधानमन्त्री र मन्त्री पद पाउनको लागी समेत मान्छेहरु चाकडी गर्नमा लिप्त भएका छन् र चाकडी गरेकै भरमा त्यो पद पाएका पनि छन्। यसको ज्वलन्त उदाहारण हुन् माधव कुमार नेपाल, वामदेव गौतम र डा. युवराज खतीवडा। उहाँहरुले विभिन्न पार्टिका शिर्ष नेताहरु तथा आफ्नै पार्टी सभापतीहरुको चाप्लुसी गरेर प्रधानमन्त्री र मन्त्री पद हरु पाइसक्नु भएको छ । नेपालमा चाकडी गरेकै भरमा कसैले केही पाउछ भने यसलाई अब कसैले नौलो कुरा नठाने पनि हुन्छ। आखीर अरुको झोले भएर चाप्लुसी गर्दैमा जागीर पाइन्छ, उद्यमी भइन्छ,व्यपारी भइन्छ भने किन पढ्ने? बारे ठुलाठालाहरुकै चाकडी नै गर्ने भन्ने मनसाय बोकेको युवाहरुको एउटा ठूलो जमात नै भै सकेको छ। यसले देशको कर्णधार,भविष्य बोकेका युवा हरुले देशमै केही गर्नुपर्द भन्ने सोच भएका व्यक्तिहरुको मनस्थीतीत परिवर्तन गर्दिन लागी सक्यो। आफ्नै सिप, ज्ञान र विवेक प्रयोग गरेर आफ्नो देशमा केही गर्नु पर्छ भन्ने कतिपय युवाहरुको सोच भित्र भित्रै गुम्सेर मरी सक्यो।
यो चाकडी भन्ने कुरा मानिस हरुमा मात्र सीमित कदापी हुदैन।आफ्नो निजि स्वार्थ र इच्छा पुरा गर्नको लागी समुदायमा बस्ने बाँदर देखि कुकुर, ब्वाँसाहरुमा पनि चाकरी गर्ने प्रवृति हुन्छ।जुन देशमा लोकतन्त्र बलियो हुन्न त्यहाँ चाकरीको विकृति धेरै हुन्छ। यो कुनै नौलो कुरा भने हैन। लोकतन्त्र र खुला संसारमा गुण र दोषको आधारमा नराम्रा कुरा हरूको आलोचना गरिने हुँदा त्यस्ता देशहरूमा चाकरी गर्ने प्रवृति अलिकम हुन्छ । नेपालमा लोकतन्त्र र खुलापनको राम्रो विकास नभएकोले हामी कहाँ यो विकृति निकै मौलाई रहेको छ र यसको निर्मुल पार्न अझ केही वर्ष हामीलाई अवस्य लाग्छ। अहिलेको युवा पुस्तामा सामाजिक संजाल र इन्टरनेटले गर्दा अल्छीपन बढ्दै गइरहेको छ। जसले गर्दा मानिसहरुमा चाकडी गर्ने प्रवृतिको विकास भैरहेको छ। मेहनत नगरी एउटा ठूलो लक्ष्य हासील गर्नका लागी चाकडीको माध्यमबाट निकै सरल हुन्छ भन्ने कुराले पनि मानिसहरुलाई प्रेरित गरिरहेको छ । जसले गर्दा मनोवैज्ञानिक रूपमा सानो सानो कुरामा पनि चाकडी गर्ने, गुलामी गर्ने, चिल्लो घस्ने त्यो प्रकारको व्यवहार मानिसहरुमा विकास हुँदै जादैछ भन्ने कुराहरु आज विभिन्न अध्ययन, अनुसन्धानहरुबाट पुष्टी हुन् आएका छन् ।

चाकडी संस्कृतिले नेपाली राजनीतिलाई बढी गाजेको छ। नेता र मन्त्रीहरुको चाकडी नगरी केहीपनि हुन्छ भन्ने मानसिकता सारा नेपालीहरुको भैसकेको छ। यो संस्कार आफैमा दुषित र देशकै लागि हानिकारक छ । यस्तो कु-संस्कारले गर्दा हाम्रो देश एक दिन ठूलो दुर्घटनामा नपर्ला भन्न सकिदैन । किनभने चाकडीबाजले इमान्दार,क्षमतावान र सोझा, मेहनत गरेर केही गर्छु भन्ने व्यक्तिहरू सधै पछाडि पर्छन् र पर्दै आएका पनि छन् । चाकडी गर्ने धुर्त, झोले र फटाहाहरूले चाप्लुसी गरेकै भरमा अधिकास अवसरहरू आफ्नो पोल्टामा पार्न सफल भएका छन् । जसले गर्दा आफ्नै मेहनत र परिश्रममा गरेर केही गर्छु भन्ने क्षमतावान व्यक्तीहरू निरुत्साहित हुन पुग्छन। ठुलाबडाको चाकडी गरेर हरेक अवसर र मौकाहरू आफ्नै पोल्टामा पार्ने मानिसहरुले आफ्नो निजि स्वार्थ पुरा भैसकेपछी चाकडी गर्न छोढेर त्यो अवसर प्रदान गर्ने ठालु लाईनै धोका नदेलान्न भन्न सकिँदैन। किनभने उनीहरुले आफ्नो एउटा ठूलो निजि स्वार्थ पुरा गर्नका लागी सयौं साना साना इच्छा र चाहनाहरुलाई बलि चढाएर कुनै ठुलाबडाको चाकडीमा लागेका हुन्छन्। आफ्नो जिन्दगीको कयौं महत्वपूर्ण दिनहरु अरुको चाप्लुसी गरेरै बेतित भएका हुन्छन् । अनि आफ्नो निजि स्वार्थ पुर्ती गर्नको लागी देशलाई समेत ठग्न पछी नहट्ने साथै सयौं क्षमतावान, इमान्दार तर कसैको चाकडी नगर्ने, चिल्लो नबस्ने मानिसहरुलाई निरुत्याहीत बनाएर आफु अघि बढेका हुन्छन्। तेस्ता स्वार्थी मान्छेहरूले आफ्नो स्वार्थ पुरा गर्न मद्दत गर्ने मान्छेलाई आफूले धोका दिदैन भन्न म तकदापी सक्दीन।अनि तपाईं नि ? त्यसैले अरुलाई चाकडी गर्न लगाए आफू त्यसैमा रमाउदै मख्न पर्ने नेता, कर्मचारी र हाकीमहरुले बेलैमा होस् पुर्याउदा राम्रो हुन्छ, नत्र कुनै दिन मैका पर्न साथ फसाउने दाउ पनि हेरी रहेका हुन्छन् चाकडी र चाप्लुस गर्दै आफ्नो स्वार्थको लागि चिल्लो घस्ने व्यक्तिहरु यस्ता कार्य गर्ने व्यक्तिहरुबाट हामी सबैले बेलैमा होस पुर्याएर बस्दा राम्रो हुन्छ । चाकडी र चाप्लुसी कसैले पनि नगरौ र नगराउ पनी। यसो गर्दा दुवै पक्षलाई फाइदा हुन्छ साथै सबै नागरिकहरूले पनि राज्यबाट पाउने अधिकार, सेवा, सुविधा, सो अवसर समान रूपमा पाउछन् सफल हुन्छ।

त्यसैले गर्दा आफ्नो निजि स्वार्थ पूरा गर्नको लागि यो अरुको चाकडी र चाप्लुसी गर्ने संस्कारको आजै अन्त्य गर्न जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्