पाँचबुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको बैठक सम्पन्न

पाँचबुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको बैठक सम्पन्न

विराटनगर । विभिन्न पाँचबुँदे धनकुटा घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियन कोशी प्रदेशको बैठक सम्पन्न भएको छ ।

युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा सम्पन्न बैठकले तीनै तहको सरकारलाई प्रेसमैत्री ऐन कानुन निर्माण गर्न दबाब दिने, आमसञ्चारकर्मीको पेशागत र भौतिक सुरक्षाका लागि राज्यका तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गर्ने, स्थानीय सरकारलाई स्थानीय सञ्चारमाध्यमको दिगो विकासका लागि आवश्यक सहयोग गर्न आग्रह गर्ने निणर्य गरेको छ ।

त्यस्तै धनकुटा जिल्लाको पर्यटन विकासको लागि नुनथला होमस्टेसहित जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि सञ्चारमाध्यममार्फत प्रबद्र्धन गर्ने र नेपाल प्रेस युनियनको जिल्ला शाखाको अधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गर्नेमा बैठकले जोड दिएको महासचिव सञ्जीव वाग्लेले जानकारी दिए । धनकुटा नगरपालिका-४ दानाबारीस्थित नुनथला होमस्टेमा शुक्रबार र शनिबार भएको बैठकले युनियनको स्थापना दिवस र प्रेस स्वतन्त्रता दिवस भव्य रुपमा बनाउन १४ वटा जिल्ला शाखालाई परिपत्र गर्ने निर्णय गरेको छ ।

युनियनका केन्द्रीय उपाध्यक्ष डिल्लीराम खतिवडा, उपमहासचिव अभयकुमार राई, सल्लाहकार लीलावल्लब घिमिरे, धनकुटा शाखाकी अध्यक्ष हेमा चेम्जोङलगायतको उपस्थितिमा भएको बैठकमा युनियनको प्रदेश समितिले प्रकाशित गरेको भित्तेपात्रोसमेत सार्वजनिक गरिएको थियो । त्यस्तै बैठकले समितिका अध्यक्ष मीनकुमार नवोदित संयोजकत्वमा उपाध्यक्ष ज्ञानेन्द्र निरौला, जयन्तीकला राई, महासचिव महासचिव सञ्जीव वाग्ले, सचिव विनय बाह्राकोटी, कोषाध्यक्ष कविराज घिमिरे र सदस्य दिनेश सदस्य रहनेगरी सचिवालयसमेत गठन गरेको छ ।

त्यस्तै उपाध्यक्ष ज्ञानेन्द्र निरौलाको संयोजकत्वमा अनुशासन समिति, महासचिव सञ्जीव वाग्लेको संयोजकत्वमा संगठन विभाग र उपाध्यक्ष शारदा तामाङको संयोजकत्वमा महिला विभागसमेत बैठकले गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्