ट्रयाकसुट र मेडलमा भ्रष्टचार : कोशी प्रदेश खेलकुद विकास बोर्डविरुद्ध अख्तियारमा उजुरी

ट्रयाकसुट र मेडलमा भ्रष्टचार : कोशी प्रदेश खेलकुद विकास बोर्डविरुद्ध अख्तियारमा उजुरी

विराटनगर । भ्रष्टाचार गरेको आरोपमा कोशी प्रदेश, प्रदेश खेलकुद विकास बार्डलाई अख्तियार दुरुपयोग अनुसन्धान आयागको कार्यलयमा उजुरी परेको छ । खोलकुद विकास बोर्डले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका क्रममा ट्र्याकसुट, मेडल, टेन्ट खेल सामग्री खरिद लगायतका विभिन्न शिर्षकमा भ्रष्टाचार गरेको भन्दै अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले राय प्रतिक्रियासहित १५ दिनभित्र प्रमाणित कागजात पठाउन बोर्डलाई पत्र पठाएको हो ।

खेलकुद विकास बोर्डविरुद्ध गत फाल्गुन १५ गते अख्तियारमा उजुरी परेको थियो भने फाल्गुन २२ गते उजुरीकासम्बन्धमा के कसो भएको हो रु भन्दै कार्यालयको स्पष्ट राय प्रतिक्रियासहित उजुरीका बुंदासंग सम्बन्धित कागजात १५ दिनभित्र पठाउन गोप्य आदेश दिएको थियो ।
यता, पत्र आएको सम्बन्धि कार्यालयका कर्मचारीहरुलाई थाहा नै नदिएको श्रोतले जनाएको छ । बोर्डका सदस्य सचिव हंशराज वाग्लेले पत्रका विषयमा कार्यालयका कुनै पनि कर्मचारीलाई थाहा नदिएको कार्यालय श्रोतको दावी छ ।

यस्तो छ उजुरीको बुँदा
१. खेलकुद प्रतियोगिताका निम्ति खेलाडीहरुलाई उपलब्ध गराउन खरिद गरिएको ४२०० थान ट्र्याकसुट खरिद तथा वितरणमा रकम हिनामिना गरेको भन्ने सम्बन्धमा ।
२. मेडल खरिद, प्रमाण पत्र छपाई, टेन्ट भाडा वापतको रकम हिनामिना तथा अनियमितता गरेको भन्ने सम्बन्धमा ।
३. खेलाडीलाई उपलब्ध गराईने दैनिक तथा भ्रमण भत्तामा कागज मिलाई हिनामिना गरेको भन्ने सम्बन्धमा ।
४.। खेलकुद समान तथा सामग्री खरिदमा अनियमितता गरेको भन्ने सम्बन्धमा ।
५. बन्द प्रशिक्षणमा खेलकुद समान शिर्षकको ७ लाख, औषधि शिर्षकको ५ लाख र विविध शिर्षकको ५ लाख बिल मिलाएर हिनामिना गरेको भन्ने सम्बन्धमा ।
६. खेल सामग्री ढुवानीमा ३ लाख हिनामिना गरेको भन्ने सम्बन्धमा ।
७. उद्घाटन समारोहमा शैलेश विष्टले २० लाख खर्च देखाई रकम हिनामिना गरेको तथा निजले लिएको ४० लाख पेश्की बिल मिलाएर हिनामिना गरेको भन्ने सम्बन्धमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्