एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको पाँचौं साधारणसभा सम्पन्न

<span class='c1'>एनआईसी एशिया लघुवित्त वित्तीय</span> <span class='c2'>संस्थाको पाँचौं साधारणसभा सम्पन्न</span>

सुनसरी । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । धरान उप–महानगरपालिका सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत पारित गरेको छ ।

संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार ४०० नगद लाभांश प्रस्ताव पारित गरेको छ । यस संस्था लिमिटेडले स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ ।

मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ । वित्तीय संस्थाले कुल २ लाख ३ हजार ८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्