राउण्ड टेबल नेपालद्वारा देशभरका एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

राउण्ड टेबल नेपालद्वारा देशभरका एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । सामुदायिक सेवामा समर्पित एक अग्रणी गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालले देशभरका सरकारी र सामुदायिक विद्यालयमा अध्यनरत एक हजार विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी राउण्ड टेबल नेपालले शैक्षिक उत्कृष्टता र वित्तीय आवश्यकताका आधारमा एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी गराएको हो ।

‘गरिबीको चक्र तोड्ने र सबैका लागि उज्याले भविष्य निर्माण गर्ने मुख्य कारक शिक्षा हो’ भन्ने मूल–मान्यताका साथ आफूहरुले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको राउण्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले बताए ।

‘हामी यो छात्रवृत्ति कार्यक्रम घोषणा गर्न पाउँदा गर्व गर्छौं । जसले नेपालभरका योग्य विद्यार्थीहरूलाई उनीहरूको शिक्षा जारी राख्न र सपनाहरू प्राप्त गर्न मद्दत गर्नेछ । हामी विश्वास गर्छौं कि शिक्षा मौलिक अधिकार हो, र हामी यसलाई सकेसम्म धेरै विद्यार्थीहरूको लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौं,’–अध्यक्ष अग्रवालले भने ।

राउण्ड टेवलको नेपालभरी साढे पाँच सय भन्दा बढि सदस्य रहेको पनि अध्यक्ष अग्रवालले बताए । संस्थाको ३० वर्ष लामो इतिहास रहेको पनि उनको भनाई छ । संस्थाले स्वास्थ्यको क्षेत्रमा पनि काम गरिरहेको भएपनि शिक्षालाई विशेष प्राथमिकता दिइरहेको उनले बताए ।

‘राउण्ड टेवलले नेपालले समाजमा शिक्षाको क्षेत्रमा छाप छोड्दै आएको छ । हामीले नेपालभरी ६१ वटा विद्यालयहरुमा विद्यायलयमा तीन सय असी भन्दाबढी कोठाहरु निर्माण गरेका छौं । गरिबका लागि काम गर्न विभिन्न परियोजनामार्फत स्वास्थ्य क्षेत्रमा पनि हाम्रो उपस्थिति रहेको छ । एजुकेटर चाइल्ड अर्को परियोजना हो, जसले छात्रवृत्ति प्रदान गर्ने काम गर्दछ । चार सय भन्दा बढी विद्यार्थीहरुलाई सेवा दिइरहेको छ,’–उनले भने ।

कार्यक्रममार्फत आफूहरुले बालबालिकाको जीवनमा गहिरो र सकारात्मक प्रभाव पार्न चाहेको अध्यक्ष अग्रवालको भनाई छ । आफूहरु बालबालिकालाई उनीहरुको आर्थिक अवस्था र पृष्ठभूमिको वास्ता नगरी गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने कार्यमा प्रतिवद्ध रहेकोसमेत उनले बताए ।

शिक्षामा लगानी गरेर राष्ट्रको भविष्य थप बलियो बनाउन चाहेको उनको भनाई छ । ‘हामी विश्वास गर्छौं कि, शिक्षामा लगानी गरेर हाम्रो राष्ट्रको लागि बलियो र थप समृद्ध भविष्य निर्माण गर्न मद्दत गर्न सक्छौं,’– उनले भने ।

छात्रवृत्ति कार्यक्रम यही बैशाख १३ गते बुधबार देशभर आयाजना हुने साहिल अग्रवालले जानकारी दिए ।

विद्यार्थीहरुलाई कसरी पढाउँदा सजिलै सिक्छन् भनेर शिक्षकहरुलाईसमेत ट्रेनिङको व्यवस्था समेत गरिएको उनले बताए । टिचर ट्रेनिङका लागि हावार्ड युनिभर्सिटीबाट प्रशिक्षकहरु आउनेसमेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्