बीमा कम्पनीको चुक्ता पुँजी पु¥याउने समय असार मसान्तसम्म

<span class='c1'>बीमा कम्पनीको चुक्ता पुँजी</span> <span class='c2'>पु¥याउने समय असार मसान्तसम्म</span>

काठमाडौँ । बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ ।

नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पु¥याएको हो ।

यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो ।

“विसं २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारणसहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्ता पुँजी २०८० असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ”, संशोधित निर्देशिकामा भनिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनीका लागि रू पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि रू दुई अर्ब ५० करोड चुक्ता पुँजी कायम गरेको छ ।

हाल सञ्चालनमा रहेका १७ जीवन बीमा कम्पनीमध्ये एउटा र १६ निर्जीवन बीमा कम्पनीमध्ये तीनले मात्रै चुक्ता पुँजी पु¥याएको प्राधिकरणले जनाएको छ । यसरी तोकिएको समयमा अधिकांश बीमा कम्पनीको चुक्ता पुँजी नपुगेपछि निर्देशिका संशोधन गरेर तीन महिना समय थप गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्