बालगृह सञ्चालनका लागि अनुमति लिन आग्रह

<span class='c1'>बालगृह सञ्चालनका लागि</span> <span class='c2'>अनुमति लिन आग्रह</span>

काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले बाल गृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ ।

परिषद्ले सम्बन्धित संस्थालाई निवेदन पेस गर्न सूचना प्रकाशन गरेको छ । परिषद्ले आज सूचना प्रकाशित गरी आगामी जेठ ४ गतेभित्र निवदेन पेस गर्न देशभर सञ्चालनमा रहेका बालगृह वा संस्थाका लागि सूचना प्रकाशन गरेको हो ।

आवश्यक मापदण्ड पूरा गरेका बालगृहलाई सञ्चालन गर्ने अनुमति दिने व्यवस्था रहेको छ । परिषद्ले यसअघि अघिल्लो वर्ष पुस २१ गतेको सूचनामार्फत सूचित गरे पनि अझैसम्म सबै बालगृहबाट निवेदन प्राप्त हुन नसकेको हुँदा पुनः सूचना प्रकाशन गरेको हो ।

परिषद्बाट प्रकाशित सूचनामा अनुमति नलिइ बालगृह सञ्चालन गरेको पाइएमा त्यस्ता बालगृहलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

परिषद्ले सम्बन्धित स्थानीय तह तथा बालबालिकाका विषय हेर्ने प्रदेश मन्त्रालयलाई आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका बालगृहलाई उक्त जानकारी गराउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्