झापामा स्कुल बसको ठक्करबाट अढाई बर्षीया बालिकाको मृत्यु

झापामा स्कुल बसको ठक्करबाट अढाई बर्षीया बालिकाको मृत्यु

झापा । झापाको कमल गाउँपालिका-२ भुत्लुङ स्थितमा स्कुल बसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका– २ का स्थानीय पवन सुबेदीको अढाई वर्षीया छोरी चिन्दल सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार दिउसो साढे ४ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ क ४०७ नम्बरको नवोदय माध्यमिक विद्यालयको स्कुल बसले ठक्कर दिदा घाईते भएकी बालिकाको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न ठक्कर दिने बस र चालक ३९ बर्षीय दुर्गा बहादुर कुँवरलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धाम भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्