गालीगलौजको राजनीति नगरौँ : सभापति लामिछाने

<span class='c1'>गालीगलौजको राजनीति नगरौँ</span> <span class='c2'>: सभापति लामिछाने</span>

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गर्नुभएको छ ।

बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ हामी । हाम्रो ओठमा मुस्कान र हातमा फूल छ । हामीले गालीगलौज गर्न सुहाउँदैन । त्यसैले हामी गालीगलौजको राजनीति नगरौँ ।”

उहाँले पार्टीको २१ सिटको यात्रा फूलबाट तय भएको बताउनुभयो । मात्तिएर र आत्तिएर राजनीतिमा नहुने भन्दै उहाँले आफूहरु सच्चिनुपर्ने ठाउँहरु केही रहेछन् भने सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको पङ्क्तिलाई हेर्ने बताउनुभयो ।

उहाँले अरु दलको आलोचनामा नगर्ने बताउनुभयो । सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलहरुप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले क्षमा मागेको उहाँले बताउनुभयो । सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध पार्टी सधैैँ अग्रपङ्तिमा रहेर काम गर्ने स्पष्ट पार्नुभयो ।

यस्तै सोही सभालाई सम्बोधन गर्दै तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताउनुभयो । विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्