सिङ्गापुर पठाइदिने भन्दै रकम ठगी गर्ने झापाका मैनाली पक्राउ

<span class='c1'>सिङ्गापुर पठाइदिने भन्दै रकम ठगी</span> <span class='c2'>गर्ने झापाका मैनाली पक्राउ</span>

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सिङ्गापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले बुधबार काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् ।

मैनालीले काठमाडौँ गोङ्गबुका मीनबहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाइदिने भन्दै पटकपटक गरी रु छ लाख ५० हजार ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

आरोपित मैनालीलाई काठमाडौँस्थित बबरमहलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयकाप्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार वैदेशिक रोजगार विभागको पत्रअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले मैनालीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्