विराटनगर । नायक पल शाहले धरानका मेयर हर्क साम्पाङलाई गैंती-बेल्चा उपहार दिएका छन्।
बिहिबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर नायक शाहले गैंती-बेल्चा उपहार दिएका हुन्।
इटहरीमा आयोजित नेपाली परम्परागत खाना प्रस्तुती दिएका थिए। उक्त महोत्सवबाट प्राप्त पारिश्रमिकको केही रकम आफूले औजार खरिद गरेर मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको शाहले बताए ।
मेयर हर्क साम्पाङले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् : हतियार होइन औजार ! रगत होइन पसिना ! जय श्रम अभियान !