कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम

सुन्दरहरैँचा । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम भएको छ । मोरङ १५ स्वर्ण १२ रजत र तीन कास्यसहित ३० पदकका साथ प्रथम भएको हो ।

साथै १० स्वर्ण ११ रजत र आठ कास्यसहित २९ पदकका साथ झापा दोस्रो भएको छ भने सुनसरी आठ स्वर्ण आठ रजत र पाँच कास्यसहित २३ पदकका साथ तेस्रो भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा भएको प्रतियोगितामा १४ वटै जिल्लाबाट छनोट भएका एक हजार दुई सय खेलाडी सहभागी थिए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेका अनुसार प्रतियोगितिमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा खेल खेलाइएको थियो ।

प्रतियोगिताबाट छानिएका १११ खेलाडीलाई काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि विदाइ गरिएको खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा सातै प्रदेशबाट छ सय ५८ खेलाडीको सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्