रमाए

रमाए

रंगी चंगी फूलहरु हेरेरै म रमाए
तिम्रो जीन्दगीको एक पल चोरे रै म रमाए
मनको इन्द्रेणीकोको कुना कुनामा
कल्पनाको यो उडान भरेरै म रमाए

माया त छ तर भन्नलाई डराउदा
तेसैले त तिमी तीरै, सरेर नै म रमाए

तिम्रो सामु पर्दा बोल्न नसक्नाले
आज तिम्रो पछी पछी, परेर नै म रमाए
चिठी पठाउ भने रिसाउने पो हौकी भनी
तिम्रै घरको तल्लो बाटो, झरेर नै म रमाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्