जैले मर्ने शरीरको निराशा !

जैले मर्ने शरीरको निराशा !

जिउँदो र मृत शरीरमा म भिन्नता छुटाउन बसेको छु !

चलिरहेको सास र सास नफर्ने लासको गहिराईमा फसेको छु
भित्र भित्रै जलेको आफ्नै आत्माको चित्तामा आगो झोसेको छु
मैले आफ्नै शरीरसँग जिन्दगीको खुसी खोसेको छु।

एउटाको शान्त मन र अर्कोको भाषा बुझ्ने प्रयास गरेको छु
एउटा जैले मर्ने शरीरको निराशा बुझ्ने आशा गरेको छु
अर्को सधैको लागि मरेको शरीरको परिभाषा बुझ्ने साहस गरेको छु
एउटाको सधैं सुत्ने आराम र अर्काको सुत्न छट्पटाउने विराम
देखेर आश्चर्यमा परेको छु

अनी
यत्ति सोच्दै एउटा निष्कर्ष तिर सरेको छु
भन्नलाई ज्यूँदो खासमा त म पनी मरेको छु ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्