ईलाका प्रहरी कार्यालय बेलबारीद्वारा उपलब्धिमूलक कार्यहरू सार्बजनिक

<span class='c1'>ईलाका प्रहरी कार्यालय बेलबारीद्वारा</span> <span class='c2'>उपलब्धिमूलक कार्यहरू सार्बजनिक</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे बेलबारी स्थित ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदय शमसेर जबराले आफनो एक महिने कार्यकालमा भएका उपलब्धिमूलक कार्यहरू सार्बजनिक गरेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रहरी निरीक्षक जबराले एक महिनाको अबधिमा भए गरेका महत्वपुर्ण कार्यहरू सार्बजनिक गरेका हुन् । २०७९ फागुन २५ गते आफनै श्रीमतीको हत्या गर्ने बेलबारी १ का ४९ बर्षिय हिमकर्ण महतलाई चैत २ गते पक्राउ गरी उक्त मुद्दाको सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न गरी मोरङ जिल्ला अदालतमा पेश गरेकोमा चैत २७ गतेको आदेशले प्रतिवादी पुर्पक्षमा कारागार चलान भएको उल्लेख गरिएको छ ।

साथै चैत ३ गते रातको समयमा मोरङको ग्रामथान गाँउपालिका २ मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडी नगद रू ७ लाख ७७ हजार १८ रूपैया चोरीमा संलग्न ग्रामथान गापा ५ का ४० बर्षिय दिलिपकुमार चौधरी,२८ बर्षिय ईरज धामी र सर्लाहीको ईश्वरपुर नगरपालिका ५ नरेशखोर टोल बस्ने २६ बर्षिय मिथिलेश र लालबन्दी नगरपालिका २ पुनरबास टोल बस्ने ३५ बर्षिय मिथुन पासवानलाई चैत १४ गते पक्राउ गरी उक्त मुद्दाको सम्पुर्ण अनुसन्धान कार्य सम्पन्न गरी मोरङ जिल्ला अदालतमा पेश भएकोमा प्रतिवादीहरू दिलिपकुमार चौधरी धामी र मिथुन पाश्वानलाई पुर्पक्षमा कारागार चलान भएको तथा प्रतिवादी मिथिलेस महतो २ लाग धरौटीमा छुटेको ईप्रका बेलबारीका प्रहरी निरीक्षक जबराले जानकारी दिए ।

चैत २२ गते मोरङ ग्रामथान २ मा रहेको सरस्वती नमूना माविमा अर्कोको नाममा परीक्षा दिने सुनसरी धरान ५ बस्ने वर्ष २८ की सुस्मिता लिम्बु र परीक्षा दिन लगाउने धरान स्थित रहेको डल्फिन पुर्वान्चल एकेडेमीका संचालक जिल्ला सुनसरी धरान १५ बस्ने वर्ष ४९ को सन्तोष राईलाई पक्राउ गरी उक्त मुद्दाको सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न गरी मोरङ जिल्ला अदालतमा पेश भएकोमा २०८० वैशाख ११ गतेको आदेशले प्रतिवादी सन्तोष राई १ लाख धरौटमा र प्रतिवादी सुस्मिता लिम्बु ४० हजार धरौट राखी छुटेको प्रहरी निरीक्षक जबराले बताए ।

चैत २३ गते मोरङ सुन्दरहरैँचा १ मा रहेको जनता माविमा अर्कोको नाममा परीक्षा दिने अजय राई सहित १५ जना मानिसलाई पक्राउ गरी उक्त मुद्दाको सम्पुर्ण अनुसन्धान कार्य सम्पन्न गरेर जिल्ला अदालतमा पेश भएकोमा वैशाख १२ गतेको आदेशले प्रतिवादी १५ जना प्रतिवादीहरू जनही रू ४० हजार धराैट राखी छुटेको उल्लेख्य गरिएको छ ।

चैत २३ गते मोरङ केराबारी ७ मा रहेको सार्वजनिक माविमा अर्कोको नाममा परीक्षा दिने इन्दिरा लावती सहित १ सय २६ जनालाई पक्राउ गरी उक्त मुद्दाको सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न गरी मोरङ जिल्ला अदालतमा पेश भएकोमा वैशाख १४ गतेको आदेशले सावालक प्रतिवादीहरू जनही रू ४० हजार धरौटीमा छुटेको र नावालक अभिभावकको जिम्मामा छुटेकाे उल्लेख गरिएकाे छ । एक महिनाकाे अवधिमा फैसला कार्यन्वयनतर्फ मानिस ५ जाना, कैद ३ बर्ष २ महिना २२ दिन तथा जरीवाना तर्फ ३९ हजार रहेको प्रहरी निरीक्षक जबराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्