अरुण नदी खुल्यो

अरुण नदी खुल्यो

विराटनगर । अरुण तेश्रो आयोजनाको ड्याम साइडमा खसेको सुक्खा पहिरोले थुनिएको अरुण नदी खुलेको छ । आइतबार मकालु गाँउपालिका ३ नयाँ बस्तीबाट सुख्खा पहिरो खसेपछि डाइभर्सन टनेल थुनिएर नदी ताल बनेको थियो ।

तर, दिँउसोबाट थुनिएको नदी अहिले आफ्नै बहावमा फर्किएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । उनको अनुसार सो स्थानमा कुनै क्षती भएको छैन ।

नदीको बहाव फर्किसकेको र हाल कुनै जोखिम नभएको मकालु गाँउपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । यदि पुनः ड्या खस्ने सम्भावनालाई मध्यनजर गर्दै सम्पूर्णमा जानकारी समेत गराइसकेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्