नेपालमा गेमिङको स्तरवृद्धि गर्न पब्जी मोबाइल र वर्ल्डलिङ्कबीच साझेदारी

<span class='c1'>नेपालमा गेमिङको स्तरवृद्धि गर्न पब्जी</span> <span class='c2'>मोबाइल र वर्ल्डलिङ्कबीच साझेदारी</span>

काठमाडौं । नेपालमा गेमिङको स्तरवृद्धि गर्न पब्जी मोबाइल र वर्ल्डलिङ्कबीच साझेदारी भएको छ ।

नेपालमा बढ्दो मोबाइल गेमिङप्रतिको आर्कषणलाई थप प्रोत्साहन र गेमिङ क्षेत्रलाई व्यवस्थित गर्नको लागि यो साझेदारी गरेको वर्ल्डलिंकले जनाएको छ।

हाल नेपालमा ५० लाख बढी सक्रिय पब्जी गेमर रहेको र यो साझेदारीले नेपालको गेमिङ क्षेत्रको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वर्ल्डलिङ्कको विश्वास छ ।

मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ रहेको वर्ल्डलिंकका सीईओ केशव नेपालले बताए।

थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्ने छन् । जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्ने छ । यो वृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङ्गको जीवन्त अनुभव प्रदान गर्ने वर्ल्डलिङ्कका सीईओ नेपालले जानकारी दिए ।

मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको टेन्सेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माताले बताए । उनको अनुसार "यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका  प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् । पिएमजिसी (PMGC) मा डिआरएस, डेडआइज गाइज , स्काइलाइट गेमिङ र टिटुके)(DRS, DeadEyes Guys, Skylights Gaming र T2K )जस्ता हाम्रा प्रतिभाले PUBG MOBILE को लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता  प्रदर्शन गरेकाे  स्पष्ट रूपमा देख्न सकिन्छ ।  यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ । सि आर सेभेन र फोर के (CR7 र 4K) गेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएको छन्, र  हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो। हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं। त्यसैले हामीले वर्ल्डलिंकलाई एक उत्कृष्ट साझेदारको रूपमा लिएका छौ, यस प्रयासले नेपालमा मोबाइल गेमिङ गर्ने हाम्रो जोश र संकल्पलाई आत्मसाथ समेत गर्दछ, यो दक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरुवात मात्र हो।”

उक्त साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने छ । नेपालको गेमिङ समुदायका लागि थप  रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा समेत गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्