मोरङको केराबारीमा निर्माणाधीन झोलुंगे पुलको सामग्री चोरी गर्ने गिरोह पक्राउ

<span class='c1'>मोरङको केराबारीमा निर्माणाधीन झोलुंगे पुलको</span> <span class='c2'>सामग्री चोरी गर्ने गिरोह पक्राउ</span>

मोरङको केराबारीमा निर्माणाधीन झोलुंगे पुलको सामग्री चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

केराबारी गाउँपालिका–७ र १० को सिमानामा रहेको खदम खोलामाथि निर्माण भइरहेको पुलको सामग्री चोरी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय केराबारीका नायव निरीक्षक (सइ) दिपिन थापा नेतृत्वको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा केराबारी–१० का १९ वर्षीय राहुल माझी, साबल परियार, २० वर्षीय रुपेश भुजेललगायत छन्। अन्य २ जना १८ वर्ष मुनिका छन्।

पुलको निर्माण सामग्री ओसारपसारमा प्रयोग गरिएको को २ हजार ८२७६ नम्बरको अटोसहित चोरीमा संलग्न गिरोहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये राहुल अटोका चालक हुन्। पाँचै जनाविरुद्ध चोरी एवं डाँका मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्