विराटनगर । मोरङको ग्रामथान गाँउपालीका २ झोराहाटमा रहेको रवि आधाभुत विद्यालयका विद्यार्थीलाई व्याग वितरण गरिएको छ ।
स्कुल परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी दलित समुदायका विद्यार्थीहरुलाई व्याग वितरण गरिएको हो । अति विपन्न समुदायका विद्यार्थीहरुलाई किताबकपि बोक्न समेत समस्या भईरहेको बेला ग्रामथान गाँउपालीकाले ३ सय थान व्याग विद्यार्थीहरुलाई वितरण गरेको थियो ।
विद्यार्थीहरुलाई गाँउपालीका उपाध्यक्ष गुनावती धामी, गाँउपालीका सामाजिक संयोजक सुरेशकुमार माझी, शिक्षा युवा खेलकुद शाखा प्रमुख भिम प्रसाद न्यौपाने, शिक्षा शाखा प्राविधिक सहायक सुर्यराज पुरी, वडा नम्बर २ का वडा अध्यक्ष यादव खतिवडा र स्कुल व्यवस्थापन समितिका अध्यक्ष तुलसी सरदार लगायतले विद्यार्थीहरुलाई व्याग वितरण गरेका थिए । रवि आधारभुत विद्यालयमा अधिकास दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन् ।
स्कुलमा अधिकास दलित सुुमदायका अति विपन्न परिवारका छोराछोरीहरु अध्ययनरत छन् । गाँउपालीकाले विद्यार्थीहरुलाई व्याग वितरण गरेकाले विद्यार्थीहरुमा पढाईमा जोसजागरसँगै हौसला बढ्ने विद्यालयका प्रिन्सिपल जितेन्द्र सरदारले बताए ।
३ सय जना विद्यार्थीहरुलाई व्याग वितरण गरेको ग्रामथान गाँउपालीकाले जनाएको छ । कक्षा नर्सरीदेखी कक्षा ८ सम्म पढाई हुदै आएको विद्यालयमा ४ सय १८ जना दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन् ।