राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान

<span class='c1'>राष्ट्रपति पौडेलद्वारा वर्षे</span> <span class='c2'>अधिवेशन आह्वान</span>

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ ।

प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

वर्षे अधिवेशनका रुपमा रहेको यस अधिवेशनको प्रारम्भमै पूर्वबजेट छलफल हुनेछ । यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्