नागरिक दैनिकको आईपीओ जेठ २६ गतेदेखि आउदै

नागरिक दैनिकको आईपीओ जेठ २६ गतेदेखि आउदै

नागरिक दैनिक पत्रिका निकाल्दै आएको नेपाल रिपब्लिका मिडियाले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जेठ २६ गतेदेखि निष्कासन गर्ने भएको छ । यो मिडिया क्षेत्रकै आईपीओ निष्कासन गर्ने पहिलो कम्पनी हो ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई वैशाख ३१ गतेदेखि र सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले जारीपुँजी ९६ करोड ७६ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँको बराबरको आईपीओ निष्कसन गर्न लागेको हो ।

सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये ४ प्रतिशतले हुन आउने एक लाख ७४ हजार १२० कित्ता आईपीओ कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् दुई लाख १७ हजार ६५० कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशतले हुन आउने चार लाख ३५ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । यो आईपीओमा वैदेशिक रोजगारीमा गएकाहरूले जेठ १४ गतेसम्म ओदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणलाई ३५ लाख २५ हजार ९३० कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । यो आईपीओमा आवेदकले जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिनेछ । जेठ ३० गतेसम्म मागअनुसार आवेदन नपरे असार ८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्