खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू

<span class='c1'>खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास</span> <span class='c2'>गर्ने : नवनियुक्त मन्त्री लिम्बू</span>

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका समस्यालाई निरुपण गर्दै यस क्षेत्रको विकासमा दिनरात मेहनत गर्ने बताउनुभएको छ ।

उहाँले आफ्नो मन्त्रालयमा आज पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रमा भएका अभावलाई अध्ययन गरेर अन्तर्राष्ट्रिय जगत्मा देशको नाम उच्च बनाउने गरी काम गर्ने बताउनुभयो ।

मन्त्री लिम्बूले क्रिकेट खेलमात्र नभई अन्य खेलले पनि नेपाललाई चिनाउन सक्छन् भन्नका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने बताउनुभयो । खेल क्षेत्रमा आबद्ध सबैले सकारात्मक सोच बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री लिम्बूले क्रिकेट खेलले ऐतिहासिक सफलता पाएको भन्दै यस खेलका लागि चाहिने आवश्यक भौतिक पूर्वधारको विकासमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

यही वैशाख १९ गते नेपालले एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै उपाधि जितेको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्