पार्टी भित्रको आन्तरिक समस्याका कारण तनावमा छु: पूर्व राज्यमन्त्री तुम्बहाम्फे

पार्टी भित्रको आन्तरिक समस्याका कारण तनावमा छु: पूर्व राज्यमन्त्री तुम्बहाम्फे

विराटनगर । संघीय लोकतान्त्रिक राष्ट्रिय मंचकी केन्द्रिय उपाध्यक्ष एवम् कोशी प्रदेशकि पूर्व राज्यमन्त्री विष्णु तुम्बहाम्फेले पार्टी भित्रको आन्तरिक समस्याका कारण तनावमा रहेको बताएकी छिन् ।

उनले सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा लेख्दै यस्तो बताएकी हुन् ।

पार्टी भित्रको आन्तरिक समस्याले निक्कै तनावमा रहेको बताउदै उनले केही बोल्न नसकेको समेत उल्लेख गरेकी छिन् ।

उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकी छिन्" हाम्रो पार्टी भित्रको आन्तरिक समस्याको कारण निकै तनावमा छु । केहि बोल्नु सकिरहेको छुइन । केहि निर्णयहरु ठिक लागे पनि हाम्रो बहसमा परिस्थिति ठिक छैन ।" उनी निकट पार्टी विभाजन भएर नागरिक उनमुक्ती पार्टीसँग एकता भएको छ । धरानमा भएको तेस्रो महाधिवेशनपछिको विवाद उत्कर्षमा पुगेको संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले अध्यक्ष कुमार लिङ्देनलाई कार्वाही गर्दै रन्जिता श्रेष्ठ अध्यक्ष रहेको उन्मुक्ति पार्टीसँग एकता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्