एउटा स्वतन्त्र साधक !

एउटा स्वतन्त्र साधक !

-सुरज दाहाल
एउटा स्वतन्त्र साधक !
आग्रह वा पुर्वाग्रहमा प्राथना गर्दैन
जन्म-समय -भाग्य र मृत्युको आराधना गर्दैन
सिद्धिको शोक र प्रसिद्धिको भोकमा साधना गर्दैन
संसारिक हलिसुनेसन/मायामा उ एउटा अबोध दर्शक हो
उसलाई केहि लिनु वा दिनु छैन
केहि पाउनु वा गुमाउनु छैन
हुनसक्छ उसको अस्तित्वहिन पुर्णता
एउटा नजन्मेको बच्चा जस्तै रहस्यमय हुन्छ ।

र जन्मेको क्षणभंगुण प्राकृतिक मानव जीवन
उ भौतिक वा अध्यात्मिक हुदैन
उ अनादि र अन्नत हुदैन
हुनसक्छ उसको पूरा पूरा जिन्दगी
फगत दाहसंश्कारको अवधी हो

उ बाच्दा पनि जीवन बाच्दैन
मृत्युमा उसको एउटा अन्तिम मृत्युु मर्दछ
र फेरि जन्मन्छ आफ्नै काल्पनिक संसारमा !!

विशुद्ध बायोलोजीकल/जैविक आँखाहरुले हेर्नेछ
दृश्यहरु स्वतन्त्र हुनेछन
आफ्नो परिभाषा आफै दिनेछन
संसारका सारा नेत्रहरु सग एकाकार उसको दर्शन
केहि नसुने जसरी संसार सुन्नमै व्यस्त छ
वैचारिक सतहमा तर्कको कसैसँग लडाइँ गर्दैन
र प्राकृतिक नाक
सुगन्ध वा दुर्गन्ध छुटाउन जान्दैन
उसको नाक कसैसग भिडदैन
सबै जैविक नाक सग एकाकार त्यो एक कस्मिक/अध्यात्मिक नाकले शब्दहरू सुग्दछन
र साझा हावालाई मार्ग दिन्छन
हावा विशुद्ध कानहरुमा ठोकिदा
आवाजहरु कर्णप्रिय वा कोलाहलमय हुदैनन
रोजाईमा हल्ला गर्दैनन

हुनसक्छ संसारिक कानहरुले हल्ला गरिरहदा
उसको अन्नत एकीकृत कान कानहरु सुन्न अभिशप्त छ
र प्राकृतिक जिब्रो आवाजको संवाद चाटिरहेछ
जसले मीठो नमिठो जान्दैन
जुन जिब्रोहरुको पछि कुदिरहेको छैन
हुनसक्छ उसको एकीकृत जिब्रो
सबै संवादमा अभ्यस्त छैन
र सबै स्वादमा बेस्वाद छ ...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्