जिपी फाउण्डेसनको कोशी प्रदेश सचिवमा साह

जिपी फाउण्डेसनको कोशी प्रदेश सचिवमा साह

विराटनगर । गिरिजाप्रसाद कोइराला फाउण्डेसनको कोशी प्रदेश सचिवमा वीरेन्द्रकुमार साह नियुक्त भएका छन् ।

पत्रकारीता क्षेत्रसगै सामाजिक अभियानतामा लागेका साहले फाउण्डेसनको कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी पाएका हुन् ।

फाउण्डेसनका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका महिला नेत्री एवम् पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले विज्ञप्ती जारी गरेर साहलाई २ वर्षका लागि कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी सुम्पिएको जानकारी दिएकी छिन् ।

साह नेपाली कांग्रेस मोरङ जिल्ला समितिका सदस्य समेत हुन्। नेपाली कांग्रेस मोरङले यूवा नेता साहलाई पार्टीको सञ्चार विभाग प्रमुखको जिम्मेवारी समेत दिएको छ । साह राजनीतिसंगै सामाजिक कार्यमा पनि निकै सक्रिय छन्। उनको सामाजिक सक्रियता देखेर नै फाउण्डेसनकी केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री सुजता कोइरालेले साहलाई कोशी प्रदेशको सचिवको जिम्मेवारी दिएको बताईन् ।

कोशी प्रदेशको सचिव पदको जिम्मेवारी पाएका साहले गिरिजाप्रसाद कोईरालाको नाम र गरिमालाई सदैव आत्मसार गर्दै सामाजिक कार्यहरु गर्ने बताए।

आगामी एक वर्षमा कोशी प्रदेशको विभिन्न जिल्लाहरुमा करिब १२ वटा कार्यक्रमहरु संचालनमा ल्याउने योजना तयार रहेको साहले बताए। फाउण्डेसनको कोशी प्रदेश संयोजकमा यसअघि नै राजेश गुप्ता चयन भईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्