साथीको अर्थ 'साथ दिने'अरे
समय देखाउने घडी जस्तै जीवनका
ती मोडमा संगै संगै हिडने सहयात्री हुने अरे ।
जीवनका तिता मिठा क्षण अनुभव गर्दा
सम्झाउने बुझाउने अनि सल्लाह दिने सल्लाहकार दिने साथी ।
संगै हुँदा बिताएका ती पलहरु खुशीयाली बनाइदिने कुनै पर्व अरे।
बालपनदेखि सम्झदार अनि बुढापासम्मको एउटा अतुल्य मर्म अरे।
कसैका आफ्ना स्वार्थ पुरा गेरेपछी/ गरिदिने
प्रयोग गरेर फ्याकिदिने अनावश्यक वस्तु मात्र अरे।
कसैका भविष्यका लागि बनेका
ती सुन्दर कल्पनाका अमुल्य पात्र पनि अरे।
कसैका लागी मुल्यवान धन्यवान त कसैका लागी आवश्यक अरे..।