बलत्कृत आमा!

बलत्कृत आमा!

-जुनु राना
कथन सुनेथें
ति आमाहरुले कि

जब आफु जन्मदाता बन्ने छौ
तब
“आमा" हुनुको मर्म बुझ्नेछौ

चट्टान समान शरिर
महिनौं सम्म थेग्नु छ

जब गर्भको अंश बढ्दै जान्छ
तब
नौलो पिडाको आभास बढ्दै जान्छ्
सुन्निएका पैतलाहरु भोग्नु छ
आफ्नै अस्तित्व लुटाएर

अनुहारमा लागेको कालो दाग
हेरेर कुरुप देख्छौ
तर म भित्रको मान्छे हुर्कदाको खुशि किन देखेनौ?

वेदना समेटने ममताको कोख
अनिदो रात र शरिर फेरिदै जाँदा
असन्तुलित बन्दै गएको मेरो शरिर
कुरुप मात्रै देख्यौ ।

म भित्र उदाएको सुर्य
म भित्रको धर्ति
र म भित्रको सृष्टि किन देख्दिनौ
म तिम्रो जन्मदाता हो

जसले कसैको हवस पुर्तिको लागि
आफ्नो अस्तित्व जलाएर
गर्भमा जन्म स्विकारेकि छ

के बलत्कृत हुनु
र कलंकित हुनु कसैको रहर हुन्छ र ?

हो म आज बुझ्न सक्ने भएं
कि आमा हुनुको अर्थ !

मैले जान्न सकें
अस्तित्व लुटाएर आमा बन्नुको अर्थ !
जो अर्थ तिमिले कहिले बुझ्न सक्दैनौं ! !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्