अस्थिर सरकारका कारण अटो मोवाईल्स व्यवसाय संकटमा

अस्थिर सरकारका कारण अटो मोवाईल्स व्यवसाय संकटमा

विराटनगर । सरकारको अस्थिर नीतिले गर्दा अटोमोवाईल्स एशोसिएन व्यवसायीहरुको लगानी जोखिममा पर्दै गएको गुनासो गरेका छन् ।

सरकार गठन भएका ३ महिना पनि वित्न नपाउदै सरकार फेरबदल भएका कारण ठुलो लगानी गरेर अटोमोवाईल्स उद्योग तथा व्यवसाय गरेका लगानीकर्ताहरु संकटमा पुगेका उनीहरुले गुनासो रहेको छ ।

मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएनस (नाडा) को विराटनगरमा शनिबार भएको १५ औँ वार्षिक साधारण सभामा सहभागि अटोमोवाईल्सका व्यवसायीहरुले अस्थिर सरकार र पछिल्लो समयको आर्थिकमन्दीका कारण सबैभन्दा बढी अटोमोवाईल्सका व्यवसायीहरु धरासायी बन्न पुगेको बताएका छन् ।

आज एउटा नियम भोली अर्को नियम फेरीने हुदा यसले लगानी गर्ने वातावरण बन्न नसक्ने अटोमोवाईल्स एशोसिएन अफ नेपालका केन्द्रिय अध्यक्ष धुब्र थापाले बताए ।

हामी व्यवसायीहरु जहाँ स्थिरता लगानी मैत्री देख्छौँ त्यहाँ लगानी गर्छौ’थापाले भने, तर अस्थिर सरकारका कारण लगानी गरेको व्यवसाय संकटमा पर्दै जान थालेको छ ।’

खर्बौको लगानी तथा लाखौंलाई रोजगारी प्रदान गरेको अटोमोवाईल व्यवसायहरुले सरकारका स्पष्ट निती तथा कानुन नभएका कारण आज धरासयी हुने अवस्थामा पुगेको अध्यक्ष थापाले गुनासो गरे ।

अध्यक्ष थापाले देशको कुल भन्सार राजश्वमा लगभग २० प्रतिशत योगदान ९० अर्ब अटोमोवाईल साधनहरुबाट नै हुने गरेको बताए । यति हुदा हुदै पनि सरकारले विदेशी मुद्रा सञ्चिति घटेको कारण देखाउदै निजी सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाएको प्रति एशोसियएनले घोर विमती जनाएको समेत थापाले उद्घोष गरे ।

कार्यक्रममा मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएनस ( नाडा) का अध्यक्ष संजय श्रेष्ठले विभिन्न ब्राण्डका विदेशमा उत्पादित सवारी साधन आयत गरी नेपालमा सजिलै दर्ता हुने तर नेपाल मै उत्पादन गरी दर्ता गर्न खोज्दा विभिन्न कानुनी झमेला र दर्ता हुन नदिने वातावरणले गर्दा हामी व्यवसायीलाई समस्या हुने गरेका बताए ।

कानुनी झन्झटले गर्दा आज नेपालमा यात्री मोटरसाईकल उत्पादनमा बन्द गर्नुपर्ने अवस्थामा आएको उनले सुनाए । तर सरकारले कानुन संसोधन गरी मन्त्रीपरिषदमा प्रस्ताव गरी निर्णय गराउने संसोधनले नेपाल मै सवारी साधन उत्पादन गर्न खोज्ने व्यावसायीलाई थप हौसला प्रदान मिलेको समेत श्रेष्ठले खुशी व्यक्त गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत , सिएनआई कोशी प्रदेशका अध्यक्ष भिम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल, मोरङ व्यापार संघका कार्यबाहक अध्यक्ष अनुपम राठी, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री लगायतले बार्षिक साधरण सभाको शुभकाना दिएका थिए ।

यसै बिच मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएनस ( नाडा) १५ औ साधरणसभामा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ४ जनालाई सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुमा मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएनस विजय गोयल, सञ्चारकर्मी दिपेन न्यौपाने, ट्राफिक हवल्दार विकास राई र प्रहरी जवान मनिता जेम्जोङ्गलाई नगदसहित सम्मान गरिएको थियो । मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएनस ( नाडा) नव निर्मित भवनको शिल्यानास समेत गरिएको छ । भवनको केन्द्रिय अध्यक्ष धुब्र थापाले शिल्यनास गरेका थिए ।

नवनिर्मित भवनको लागी अटोमोवाईल्स एशोसिएन अफ नेपाल (नाडा )ले ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्