लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारी पक्राउ

<span class='c1'>लिखतसम्बन्धी कसुरमा पत्रकार</span> <span class='c2'>भण्डारी पक्राउ</span>

काठमाडौँ । नेपाल प्रहरीले लिखतसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिखतसम्बन्धी कसुरमा गुल्मी इश्मा गाउँपालिका–४ घर भई काठमाडौँको कोटेश्वर बस्ने ४० वर्षीय पत्रकार मदनबाबु भण्डारीलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पत्रकार भण्डारी सुरक्षा न्यूज डटकमका प्रबन्ध निर्देशक हुन् ।

भण्डारीविरूद्ध लिखतसम्बन्धी कसुरमा उजुरी परेको थियो । उजुरी परेपछि काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्