झापाबाट श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

झापाबाट श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

झापा । झापाको कन्काई नगरपालिका-३ निवासी ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

श्रीमती कार्की र श्रीमान ५३ बर्षीय टेक बहादुर कार्कीबीच घरायसी झगडा हुदाँ गत बैशाख ८ गते घाईते भई उपचारका लागि अस्पताल भर्ना गरिएको थियोे ।

श्रीमतीको कुटपिटबाट घाइते श्रीमानको उपचार प्रादेशीक अस्पताल भद्रपुरमा भएको थियो ।

उपचार पश्चात घर ल्याएको भएपनि बैशाख २४ गते बिहान घरैमा मृत्यु भएको थियोे ।

ईलाका प्रहरी कार्यालय अनारमनीले कार्कीको मृत्यु भएपछि सुनितालाई पक्राउ गरेर घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्