संखुवासभामा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला

संखुवासभामा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला

किमाथांका । संखुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन्।

आज बिहान चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

मनबहादुरका छोरा ९ वर्षीय मनधोज, ८ वर्षीय राजेन्द्र, ५ वर्षीय निमसाङ र छोरी ३ वर्षीया सुपरिना घरनजिकै अचेत अवस्थामा फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए।

बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किंदा छोराछोरी अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।

उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

अचेत अवस्थामा फेला परेको एक छोरा र एक छोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूले जंगली खाने कुरा खाएर बिरामी परेको हुन सक्ने प्रहरीको अनुमान छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्