तीन सयले बढ्यो सुनको मूल्य

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा करोबार भएको थियो।

तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य स्थिर छ। चाँदी आज प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्