‘लालबहादुर विक’ जसलाई घर फर्काउन विराटनगरमा न्यायको लागि शान्तिपूर्ण अभियान

‘लालबहादुर विक’ जसलाई घर फर्काउन विराटनगरमा न्यायको लागि शान्तिपूर्ण अभियान

सुजता लिम्बु
विराटनगर । इटहरी उपमहानगरपालिका– १९, ब्रह्मपुरका लालबहादुर विक तरहराको सिंहदेवी ज्वेलर्समा ज्यालामजदुरीमा काम गर्थे । राजीरोटीका लागि तीन वर्ष मलेसिया बसेर नेपाल फर्किएका उनी २०७३ साल देखि ज्वेलर्समा कामदार बनेका थिए । आफूले काम गर्दै आइरहेको ठाँउमा लगनशिलता र इमान्दारिताले जिम्मेवारी बहन गर्दै आइरहेको उनलाई मालिकले दिएको जिम्मेवारी पुरा गर्दा जेल जीवन भोग्नु पर्छ भन्ने कल्पना समेत गरेका थिएनन् ।

पेसी सर्दा मुद्दा किनार लाग्न सकेन
लालबहादुर विश्वकर्माले काम गर्दै आइरहेको सिंहदेवी ज्वेलर्सका मालिक दिपक गजमेर हुन् । उनले गरेको ठगी धन्दाको लालबहादुर सिकार भएका छन् । उनी यतिबेला १८ महिना जेल र ३ करोड १४ लाख भन्दा बढी विगो सजायका लागि कारागार छन् । यता, दीपक गजमेर उनका बाबु कृष्णबहादुर विश्वकर्माले पनि अदालतमा लालबहादुर निर्दोष रहेको बयान दिएका छन् तर पनि सुनसरी जिल्ला अदालतले आदेशमा उनी पूर्पक्षका लागि कारागार चलान भएका छन् । उच्च अदालत मोरङमा पुनरावेदन गरेका उनी र परिवार न्याय आसमा प्रतिक्षा गरिरहेका छन् ।
लालबहादुरले जिल्ला अदालत सुनसरीको आदेश विरुद्ध विराटनगर उच्च अदालतमा पुनरावेदन गराएका छन् तर पटक पटक पेसी सर्दा उनको मुद्धा किनारा लागेको छैन ।

गत साउन २० गते उच्च अदालतमा निवेदन दिएका पीडित परिवारको पेसी गत पुस ३ गते राखिएको थियो तर, विविध कारणले पेसी पुस २६ गतेलाई स¥यो । त्यसपश्चात माघ ३ गतेलाई तोकिएकोभएपनि सरेर माघ २४ मा पुगेको थियो । माघ २४ गते पनि ’हेर्न नमिल्ने’मा परेपछि पुनः २६ फागुन २०७९ सालका लागि मुद्दाको पेसी चढ्यो ।

गोला प्रथाबाट मुद्दा भाग लगाउने विधिअनुसार उक्त मुद्दा सत्यमोहन जोशी थारू र रामबहादुर थापाको इजलासमा परेको थियो । तर, न्यायाधीश सत्यमोहन जोशी थारूको इजलासमा परेको भन्दै फेरि हेर्न नमिल्नेमा प–यो । २६ फागुनपछि २८ चैत २०७९ सालमा सत्यमोहन जोशी थारू र किरणकुमारी गुप्ताको इजलासमा पेसी तोकियो । तर, थारूको इजलासले सुरुमा आदेश गरेको भन्दै मुद्दा हेर्न नमिल्नेमा प–यो ।
पछिल्लोपटक १९ वैशाख २०८० को पेसीमा समेत हेर्न नमिल्नेमै मुद्दा बस्यो । दिनेशप्रसाद यादव र मुरारिबाबु श्रेष्ठको इजलासमा परेपछि फेरि पनि सो मुद्दा हेर्न नमिल्नेमा पुगेको हो । अब भने जेठ ९ गतेका लागि पेसी तोकिएको छ ।

न्यायको पर्खाइमा लालबहादुर
मुद्दा पुनरावेदनको पर्खाइमा तडपिएका लालबहादुर चार महिनादेखि रामधुनीस्थित क्षेत्रीय कारागार झुम्कामा छन् । मालिकको आदेश पालन गर्दा ठगी अभियोगमा मुछिएका लालबहादुरलाई सुनसरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसो त आफू निर्दोष रहेको भन्दै उच्च अदालत विराटनगर पुगेको नौ महिना वितिसक्दा पनि न्याय पाउने छाँटकाँट छैन ।

के थियो घटना ?
लालबहादुरले काम गर्दै गरेको सुन पसलमा सुनको व्यवसाय मात्रै थिएन । उनका मालिक अर्थात दीपक विश्वकर्माले सहकारी समेत सञ्चालन गर्थे । दिपकले सेवाग्राहीको रकम वचत गर्ने र व्याज अन्य सहकारी र बैंकले भन्दा धेरै दिने गर्दथिए । जसले गर्दा उनको ज्वोलरीमा सञ्चालन गरेको सहकारीमा वचतकर्ताहरुले धेरै व्याज पाउने आशले रकम संकलन गर्ने गर्दै आएका थिए । खासमा यो सहकारी नभई मिटरब्याजी रकम काम चलाउने धितो प्रथा थियो । उनले झण्डै १९ करोड रुपैयाँभन्दा धेरै रकम सङ्कलन यसरी नै गरेका थिए । दीपक नहुँदा बुबा कृष्ण विश्वकर्मा पसलको व्यवाहार साथै सम्पूर्ण कारोबार हेर्ने गर्द थिए । उनको बुवा अर्थात कृष्ण पढालेखा नभएकाले सेवाग्राहीहरुले वचत गर्न ल्याएको रकम वचतपछि पासबुकमा सही गर्न नजान्दा लालबहादुरलाई रकम बुझिलिएको हस्ताक्षर गर्न लगाएका थिए । त्यही मालिकले दिएको जिम्मेवारी पुरा गर्दा अहिले लालबहादुर कानुनको कठघरामा उभिएका छन् । सेवाग्राहीको वचत गरेको रकम फिर्ता गर्न नसकेपछि १९ पुस २०७८ मा जिल्ला अदालत सुनसरीकी न्यायाधीश निर्मला योङ्वाको इजलासले दीपक, उनका बुबा कृष्ण, दिदी सीतासँगै लालबहादुरलाई पूर्पक्षमा राखेर मुद्दा किनारा लगाउने आदेश गरेका हुन् ।

जिल्ला अदालतले लालबहादुरलाई डेढ वर्ष कैद, ७० हजार जरिवाना तोकेको छ । यसबाहेक ठगी भएको १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ लालबहादुरसहित चार जनाबाट प्रतिव्यक्ति अपराध कसुर भराउने फैसला भएको छ । जसअनुसार लालबहादुरले ४ करोड ७१ लाख १६ हजार ७ सय २२ रुपैयाँ २५ पैसा अपराध कसुर तिर्नुपर्ने छ । जिल्ला अदालतले लालबहादुरलाई कैदसँगै झण्डै ५ करोडको बिगो तिर्नुपर्ने भनेको छ । तर, उनको परिवारसँग यति ठूलो रकम तिर्न सक्ने आर्थिक अवस्था पनि छैन ।

अन्याको लागि शान्तिपूर्ण अभियान
यता, लालबहादुर विकको न्यायको लागि शान्तिपूर्ण अभियान थालिएको छ । विराटनगरका न्यायप्रेमी युवाहरुले विकको मुद्धामा चाँडोभन्दा चाँडो यथेष्ट प्रमाण र तथ्यलाई हेरेर न्याय निरुपण गर्न माग गरेका छन् । सत्यतथ्य छानविन गरी निर्दोषलाई उन्मुक्ति र दोषीलाई सजाय दिन अनुरोध गर्दै शान्तिपूर्ण अभिायन विराटनगरमा थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्