दमकमा कोशी नामविरुद्ध पहिचान पक्षधरको मसाल जुलुस प्रर्दशन

दमकमा कोशी नामविरुद्ध पहिचान पक्षधरको मसाल जुलुस प्रर्दशन

विराटनगर । झापाको दमकमा कोशी नामविरुद्ध पहिचान पक्षधरले मसाल जुलुस प्रर्दशन गरेका छन् ।

आज (मंगलबार) प्रर्दशनको क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरी गरी ७ जना भन्दाबढी घाइते भएका छन् ।

घाइतेहरुहरुको अहिले लाईफ लाईन अस्पतालमा उपचार भइरहेको र थप विवरण आउन बाँकी रहेको पहिचान पक्षधरका नेता केदार धिमालले जानकारी दिए ।

कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशमा पहिचान पक्षधर आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्