सप्तरीमा बालिका बलात्कार आरोपितलाई १८ वर्ष कैद

<span class='c1'>सप्तरीमा बालिका बलात्कार आरोपितलाई</span> <span class='c2'>१८ वर्ष कैद</span>

सप्तरी । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई मंगलबार १८ वर्ष कैद सजाय भएको छ।

जिल्ला न्यायाधीश डा‍. राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

आरोपितले सात लाख जरिवाना तिर्नुपर्ने र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए।

आरोपितले २०७९ मङ्सिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। आरोपीले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी फरार भएको पीडितले बताएकी थिइन्।

आरोपित २०७९ मङ्सिर २० गते पक्राउ परेका थिए। सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासको आदेशमा आरोपित गत पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्